भारतको छत्तिसगढ राज्यमा माओबादीले थापेको एम्बुसमा परी ७ प्रहरी जवानहरु मारीएका छन् ।
चीन र पाकिस्तानबीचको कुटनितिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा
प्रधानमन्त्री युसुफ रजा गिलानी ४ दिने भ्रमणको लागि चीन पुगेका छन् ।
यौन दुव्र्यवहारको अभियोगमा मुछिएका अन्तराष्ट्रिय मुद्रा कोषका प्रमुख
डोमिनिक स्ट्रस काहन लाई पद छोड्न दवाव वढ्न थालेको छ ।
पाकिस्तानको कराची शहरमा साउदी वाणिज्य दूतावासको एक कारमाथि आज अज्ञात बन्दुकधारीद्धारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रmपति बाराक ओबामाले आयातित तेलको परिमाण घटाउन र तेलमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय तेल उद्योगलाई प्राथमिकता दिने बताएका छन् ।
म्यानचेष्टर युनाइटेडले १९ औ पटक प्रिमियर लिगको उपाधि जितेको छ ।
राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गर्दैे उत्तर कोरिया र इरानबीच ब्लास्टिक क्षेप्यास्त्र सम्बन्धी प्रविधि आदानप्रदान हुनेगरेको एक रिपोर्टबाट खुल्न आएको छ ।
अमेरिकी सरकारले लिबीयाका बिद्रोहीहरुलाई लिबीयाली जनताको सच्चा प्रतिनिधी घोषणा गरेको छ ।
अमेरीकी गुप्तचर संस्था सी आई ए र पाकिस्तानी गुप्तचर संस्था आई एस आईको बीचमा सहयोग समाप्त भएको पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले घोषणा गर्नु भएको छ ।
लिवियामा बमबारी गरीरहेको नेटोले राजधानी त्रिपोलीमा रहेको उत्तरकोरीयाको दुतावासमा हमला गरी ध्वस्त पारेको समाचार गुपचुप राखेको सार्वजनिक भएको छ ।
रुकुमको बैरागीबाट दाङको तुलसीपुरका लागि छुटेको यात्रुबाहक वस आज विहान सिम्रुत नजिकैको डाँगीमोड नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले अलकायदा प्रमुख ओसमा बिन लादेन अबोत्तावादमा बसेको सम्बन्धमा पाकिस्तानी अधिकारीलाई जानकारी भए नभएको सम्बन्धमा अनुसन्धान गरिने बताउनुभएको छ ।
अफगानिस्तानको घाज्नी प्रान्तमा भएको एक बारुदी सुरुङ बिष्फोटमा परी कम्तिमा पनि ६ प्रहरी अधिकृतहरुको ज्यान गएको छ ।
इण्डोनेशियाको पूर्वी क्षेत्रमा यात्रुवाहक विमान समुद्रमा खस्दा विमान सवार २७ जनाकै मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय आतंकवादी सन्जाल अलकायदाले आफ्ना संस्थापक कमाण्डर ओसामा बिन लादेन अमेरिकी सैनिक कारवाहीमा मारिएको पुष्टि गरेको छ ।
पाकिस्तानले ओसामा विन लादेनविरुद्धको जस्तो कारबाही फेरि दोहोरिए अमेरिकी सैन्य सहयोगमा पुनर्विचार गर्ने चेतावनी दिएको छ ।
लिबियाली शासक कर्णेल मोअम्मर गद्दाफीका कान्छा छोरा सेफ अलअरब गद्दाफी र गद्दाफीका तीनजना नाति नातिनाको नेटोद्वारा गरिएको हवाई आक्रमणमा मृत्यु भए लगत्तै लिबियाको राजधानी त्रिपोलीमा उत्रिएका प्रदर्शनकारीले बेलायती दुताबास र संयुक्त राष्ट्र संघ माथि आक्रमण गरेका छन् ।
एसियाका दुइ चिर प्रतिद्धन्द्धी राष्ट्र भारत र पाकिस्तान बिच दुइ पक्षिय व्यापार विस्तारका लागी वर्किङ ग्रुप गठन गर्ने सम्झौता भएको छ ।
सिरियामा जारी सरकार विरोधी प्रदर्शनमाथी सेनाले गोली चलाउंदा ६० भन्दा बढि प्रदर्शनकारीको मृत्यु भएको छ ।
अमेरीकाको दक्षिणपूर्वी क्षेत्रमा केही दिन देखि आएको आधि हुरीका कारण ज्यान गुमाउनेहरुको संख्या १ सय ७० नाघेको छ ।
प्यालेष्टाइनका राष्ट्रपति मोहमद अब्बासको फतेह तथा गाजामा निययन्त्रण भएको हमास मेलमिलाप सम्झौताका लागि सहमत भएका छन् ।
पाकिस्तानको कराचीमा भएको २ वटा श्रृखंलाबद्ध बम बिष्फोटमा परि कम्तिमा चार व्यक्तिको ज्यान गएको छ ।
सिरीयामा प्रर्दशनकारीमाथि सेनाले बल प्रयोग जारी राखेपछि अमेरीकाले सिरीयामाथि प्रतिवन्ध लगाउने तयारी गरेको छ ।
यमनका राष्ट्रपति अली अब्दुल्ला सालेहले पद छोड्ने घोषणा गरेपनि ठूलो संख्यामा रहेका सरकार विरोधी प्रदर्शनकारीले धर्ना दिइरहेका छन् ।
ब्यापक जनदवाब पछि यमनका राष्ट्रपति अलि अबदुल्लाहले राजिनामा दिनु भएको छ ।
भारतको पश्चिम बङ्गालमा विधानसभाको लागि आज दोस्रो चरणको मतदान हुँदै छ ।
पाकिस्तानको उत्तर पश्चिममा अवस्थ्ति एक सुरक्षा चौकीमा तालीवानी चरमपन्थिहरुले गरेको आक्रमणमा परी १४ पाकिस्तानी सुरक्षाकर्मीहरु मारिएका छन् ।
पाकिस्तानको कराँची शहरमा गएराती भएको बिष्फोटमा परी १६ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको कराचीमा गएराति भएको बम बिष्फोटमा परी कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ ।
लीबिया सरकारको युद्धविरामको प्रस्ताव विद्रोहीहरुले अस्वीकार गरिदिएका छन् ।
सिरियामा भएको सरकार बिरोधी पर्दशनका कममा विगत २४ घण्टा यता भएको हिंसामा करीव २४ प्रदर्शनकारीको मृत्यु भएको छ ।
अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयमा सुरक्षाकर्मीको पोसकमा आएका एक बन्दुकधारीले अन्धा धुन्ध गोलि प्रहार गर्दा २ सैनिकको ज्यान गएको छ ।
अफगानिस्तानको पूर्वि क्षेत्रमा भएको विद्रोही हमलामा कम्तिमा ९ सैनिकको मृत्यु भएको छ ।
अफ्रिकी राष्ट्र कंगोको राजधानी किन्सासामा अवतरण गर्न लागेको राष्ट्रसंघको जेट विमान दुर्घटना हुंदा त्यसमा सवार ३२ जनाको मृत्यु भएको छ ।
आइभरी कोस्टको राजधानी अविदिजानमा सत्ता आफ्नो हातमा लिने उद्देश्यले दुई नेताका समर्थक लडाकुबीच तेश्रो दिन पनि भिडन्त जारी रहदा फ्रान्सका सेनाले अबिदजान स्थित अन्तराष्ट्रिय बिमानस्थल आफ्नो कब्जामा लिएका छन्
जापानी भूमि आसपासको समुद्री जल रेडियो विकिरणयुक्त आयोडिनका कारण प्रदूषित भएको छ ।
अमेरीका र वेलायतले लिवियामा हवाई आक्रमण गरेका छन् ।
लिवियामा समाचार संकलन गर्न पुगेको अलजजिरा टेलिभिजनमा कार्यरत क्यामेरापर्सनको एम्बुसमा परि मृत्यु भएको छ ।
लिबियाका सैनिक शासक माउमर गद्धाफीका बफादार सैनिकहरुले कब्जामा लिएको भनिएको शहर बरेगालाई पुनः आफ्ना नियन्त्रणमा लिएको आन्दोलकारीहरुले दाबी गरेका छन् ।
हतियार खरिदमा भारतले चिनलाई उछिनेको छ । एक अन्तराष्ट्रिय शोधले जनाए अनुसार भारतले सबैभन्दा बढि हतियार आयात गर्ने राष्ट्रको उपल्लो स्तरमा रहेको छ ।
जापानमा शुक्रबार गएको महाभूकम्पपछि आणविक भट्टी विष्फोटन भएको छ ।
भारतको सर्वोच्च अदालतले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्ने भारतीय निकाय, केन्द्रीय सतर्कता आयोग,सीवीसीका प्रमुखको नियुक्ति अवैध ठहर गरेको छ ।
ट्युनिसियका अन्तरिम राष्ट्रपति फौआद मेवाजाले आगामी निर्वाचनको कार्यक्रम घोषण गर्नुभएको छ ।
अमेरिकी अन्तरिक्ष यान डिस्कोभरी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आवश्यक केही संयन्त्र बोकेर केनेडी अन्तर्राष्ट्रिय केन्द्रबाट उडेको छ ।
अफ्रिकी राष्ट्र मालीमा एक धार्मिक कार्यक्रममा भागदौड हंदा भीडले किचिएर कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
लिबियामा हिंसात्मक बन्दै गएको सरकारविरोधी प्रदर्शन झन् उग्र बन्दै गएको छ ।
लिबियामा ३ दिन देखि जारी प्रदर्शनका क्रममा ८४ जनाको ज्यान गएको मानवधिकारवादी संस्था ह्युमनराईट वाचले जनाएको छ ।
लिबियामा भईरहेको सरकार बिरोधी प्रदर्शनमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
अरबी मुलुक बहराइनको प्रशासनले सरकार विरोधी प्रदर्शनमाथि प्रतिबन्ध लगाउंदै सेना परिचालन गरेको छ ।
चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्र जापानलाई उछिनेर अमेरिका पछिको आर्थिक शक्ति राष्ट्र बन्न सफल भएको छ ।