हतियारसहित आएका नवावधारीहरुको समुहले नुवाकोटको गणेशस्थानका व्यापारी ध्रुव अधिकारीको घरबाट गए राती ८ लाख ५२ लुटेर लगेका छन् ।
फागुन ५ गते घरबाट निस्कका जिल्लाको हटिया गाविस–४ का एक युवा हटिया–२ को एक जङ्गलमा मृत अवस्थामा फेला परेका छन् ।
सहकर्मी हत्याको विरोधमा आज बारा जिल्लाका सरकारी कार्यालय बन्द गरिएका छन्
संविधान सभा भवन नायाँ बानेश्वरमा दिउसो १ वजे बस्ने बैठकले सभाषद् गौरीशंकर खड्काको निधन प्रति शोक प्रस्ताव पारीत गर्ने छ ।
वर्षभरी मृत्यु भएका शिक्षकको सोक मनाउन नेपाल शिक्षक युयिनको आह्वानमा आज पाँचथर जिल्लाका सरकारी विद्यालय वन्द हुने भएका छन ।
नेपाली का“ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
त्रिशुली नदीले बगाएर एकीकृत नेकपा माओवादीका दुई जना कार्यकर्ता वेपत्ता भएका छन् ।
लण्डनमा जारी इग्लिस प्रिमियर लिग फुटबलमा आज राती एक मात्र खेल हुदैछ ।
चितवनको कवीलास एक जुगेडीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन।
सात बुंदे सहमति परिमार्जन सहित पारित गरेको एमाले पोलिटव्यूरो समितिको निर्णयलाई आज बस्ने केन्द्रिय समितिको बैठकले अनुमोदन गर्ने भएको छ ।
ट्याक्टरबाट खसेर चितवनमा गएराति १ जनाको मृत्यू भएको छ । गितानगरबाट पकौडी तर्फ जादै गरेको मे १ त १९४१ नम्बरको ट्याक्टरको ढालाबाट खस्दा पार्वतिपुर ८ बस्ने ६५ बर्षिय लाहुरे कान्छाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
पारिवारिक, आर्थीक, सामाजिक, अपाङ्गता, भौगोलिक लगायतका कारण म्याग्दीका अपाङ्ग वालवालिकाहरूमध्ये ३३ प्रतिषत वालवालिका अझैसम्म विद्यालयको पहुँचसम्म पुग्नसकेका छैनन् ।
मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
धनगढिबाट बिराटनगर जादै गरेको रात्रि बस बाराको पथलैया निजगढ सडकखण्ड अन्तर्गत १४ किलो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुदा २० जना घाईते भएका छन् ।
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार बस्ने भएको छ ।
काठमाडौको मित्रपार्कमा सोमबार बिहान पानी ट्याङ्करको ठक्करबाट दुईजना गम्भीर घाईते भएका छन् ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उपाध्यक्षद्वय मोहनबैद्य किरण र डा. बाबुराम भट्टराई लगाएतका माओबादी नेताहरु आज नेपालगञ्ज जाँदै हुनुहुन्छ ।
मन्त्री मण्डल विस्तार र सात बुँदे संझौता कार्यान्वयनको विवाद मिलाउने विषयमा छलफल गर्न एमाले पोलिट व्यूरो बैठक आज बस्दै छ ।
संविधान सभा राज्यव्यवस्था समितिको बैठक आज बस्दै छ ।
चालक कुटपीटको विरोधमा यातायात मजदुरले आज दोश्रो दिन पनि इलाम बन्द गराएका छन् ।
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् सभासद गौरीशंकर खड्काको आज विहान निधन भएको छ ।
बीरगन्जको मेनरोड नजिकै आज बिहान एक युवकको बेवारिसे शव फेला परेको छ ।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरको बा“डेगाउ“ स्थित सरकारी निवासको पर्खाल पुननिमार्णको क्रममा भत्किएर ३ मजदुरको मृत्यु भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ दिनदेखी लागेको तालाबन्दी खोल्न आज पनि सर्वपक्षीय वार्ता हुदैछ ।
आन्तरिक विवादका कारण नेकपा एमालेको पोलिटब्यूरो बैठक एकदिन पर सरेको छ
मधेसी जन अधिकार फोरम नेपालको केन्द्रिय समितीे बैठक आज बस्दै छ ।
काठमाडौंको भिमसेनगोलामा यात्रुबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सहकर्मीमाथि भएको कुटपीटको विरोधमा यातायात व्यवसायीहरुले आइतबारदेखि मेची राजमार्ग अनिश्चितकालीन बन्द गराएका छन् ।
मकवानपुरको नामटारमा चिउरा खाँदा १३ जना बिरामी भएका छन् ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ६ निवासी राकेश कुमार शर्माले शनिबार वीरगंजमा ६०१ जना सभासदहरुको श्राद्ध गरेका छन ।
विश्व संगीतमा आफुलाई उच्च स्थानमा राख्न सफल गायक ब्रायण्ड एडम्सले शनिबार सांझ काठमाण्डौको दशरथरंगशाला तताएका छन् ।
चन्दा संकलनको अभियोगमा प्रहरीले शनिवार संघीय लिम्वुवान राज्य परिषदका चारजना कार्यकर्ता पक्राउ गरेको छ ।
धनकुटाको व्यापारीक केन्द्रको रुपमा रहेको धनकुटा नगरपालिका वडा नं. १ हिले बजारमा शनिवार साँझ ५.३० बजे लागेको भीषण आगलागीबाट करिव १ करोड ५० लाख बरावरको क्षति भएको छ ।
नवलपरासीमा नेपाल पत्रकार महासँघ जिल्ला शाखामा अधिवेशन आज पनि जारी ।।
राजधानीको पुरानो वानेश्वरमा रहेको न्यू ओम र्साई क्याटरिङमा काम गर्दै आएका तीन मजदुर मृत अवस्थामा भेटिएका छन् ।
आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आजभन्दा ठिक ६१ वर्षअघि २००७ साल फागुन ७ गते नेपाली जनताको आन्दोलनबाट १ सय ४ वर्षीय जहानीया राणा शासनको अन्य भई प्रजातन्त्र बहाली भएको थियो ।
बिश्ब संगीतमा आफुलाई उच्च स्थानमा राख्न सफल गायक ब्रायण्ड एडम सांगीतीक प्रस्तुतीका लागी नेपाल आउदै छन् ।
घोराहीमा सुरुभएको राप्ती पर्यटन महोत्सवमा सहभागीहून सल्यानबाट १७ जना राउटेहरु दाङ आएका छन् ।
पुर्व युवराज्ञी हिमानी शाह आज चौथो पटक दोलखा पुग्नुभएको छ । स्वास्थ्य सम्वन्धि सडक नाटक कार्यक्रम लिएर हिमानी दोलखा जानुभएको हो ।
आज माघ शुक्ल पूर्णिमा अर्थात श्री स्वस्थानी ब्रतको समापन । पौष शुक्ल पूर्णिमाबाट शुरु भएको एक महिना लामो स्वस्थानी ब्रतकथा आजबाट समापन भएको छ ।
पार्टी नेताहरुबीचको तीब्र विवादका कारण एमाले स्थायी समितिको बैठकले मन्त्रालय बाँडफाँड र मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेपछि पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक आव्हान गरिएको छ ।
आगामी ३ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको सभापतिमा जनक अर्याल विजयी हुनु भएको छ । आज बिहान सम्पन्न नवौ अधिबेशनबाट अर्याल बिजयी बन्नु भएको हो ।
संविधान निर्माणका क्रममा देखिएका संवैधानिक समिति अन्तर्गतको विवादित विषयमा छलफल गर्न संवैधानिक समितिको बैठक सिंहदरबारमा बस्दै छ ।
बर्दिया राष्टिय निकुञ्जको भित्री भागमा रहेको बगौराफाँटामा गए राति निकुञ्ज शुरक्षाकर्मि र चोरी सिकारी बिच भिडन्त भएको छ ।
लमजुङको धुसेनी गाविस ३ की एक महिलाको ट्याक्टरवाट खसेर ज्यान गएको छ ।
गृहमन्त्रालय र समग्र सात बुँदे सहमतिबारे निष्कर्षा पुग्न एकीकृत नेकपा माओवादी र नेकपा एमालेका शीर्ष नेताहरुबीच सोमबार छलफल हुदैछ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससहितका चौध दलले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमतिविरुद्ध सशक्त ढङ्गले आवाज उठाउने भएका छन् ।
बजेट सम्बन्धि प्रतिस्थापन विधेयकमाथि संसदमा सोमबारदेखि छलफल सुरु हुँदैछ ।
शिक्षक आक्रमणको बिरोधमा अखिल नेपाल शिक्षक संगठन नवलपरासीले सोमबार जिल्लाका सबै शैक्षिक संस्था बन्द आह्वान गरेको छ ।
यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ ।