www.nepalqataronline.com Tuesday, 21st May 2013
 
Ads
All News
Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 Next

प्रधानमन्त्री झलनाख खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

उपभोक्ताको मागअनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ती हुननसक्दा बन्द भएका राजधानीका अधिकांश पेट्रोलपम्पहरू अझै सुचारु भएका छैनन् ।

पुर्बी चितवनको खैरहनीमा चट्याड लागेर एक पुरुषको मृत्यु भएको छ ।

जेठ १४ गतेको मध्यराति भएको ५ बुदे सहमति कार्यान्वयनको अनुगमन गर्न १७ सदस्यीय सर्वदलिय अनुगमन समिति गठनहुने भएको छ । संसदीय समितिको घोषणा आजको प्रिबजेट छलफल पछिको संसद बैठकबाट हुने र संसदले अनुमोदन गर्नेछ । समितिको प्रस्ताव ठुलो दलका हैसियतमा माओवादीले गर्ने र त्यसलाई कांग्रेस र एमालेका तर्फबाट समर्थन गर्ने कार्यक्रम छ ।

एशियाली विकास बैंकले उच्च पर्वतीय कृषि व्यवसाय र जीवनस्तर सुधारका लागि हिमाली परियोजना नामक कार्यक्रममार्फत् नेपाललाई एक अर्ब ७५ करोड रुपैयाँभन्दा आर्थिक सहयोग गर्न सहमति जनाएको छ । प्राप्त सहयोग पुँजी बजार र भौतिक पूर्वाधारको क्षमता अभिवृद्धि पनि खर्च गरिनेछ ।

धादिङ जिल्लाको बेनिघाट गाविसको वडा नम्बर ७ भैसेगौडा र गोरखाको घ्यालचोक जोडने त्रिशुली नदी माथिको तुइन चुडिदा पाँच जना बेपत्ता भएका छन् ।

नयाँ संविधान लेखनका क्रममा देखिएका विवाद समाधानका लागि गृहकार्य गर्न गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई संविधानसभाको संवैधानिक उपसमितिले पारित गरेको छ ।

लगानीमैत्री वातावरण र अवसरबारे अध्ययन गर्न भारतस्थित अमेरिकी चेम्बर अफ कमर्सको एक उच्चस्तरीय टोली सोमबार काठमाडौँ आइपुगेको छ ।

एघारौं राष्ट्रिय जनगणना आज सकिँदै छ । जनगणनाको काम आज सकिए पनि आफ्नो विवरण लेखाउन छुटेकाहरुले पाँच दिनभित्र दिन सक्नेछन् । नजिकको इलाका जनगणनाको कार्यालयमा गएर व्यक्तिगत तथा पारिवारिक विवरण टिपाउन सकिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

नेपाल रेल्वेको बारामा रहेको चार स्टेशनका सामानहरु चोरिएका छन् । सरकारी निकायको बेवास्ता र गैर जिम्मेवारीका कारण नेपाल रेल्वेका तीन दर्जन आकर्षक भवन, ठूला गोदामहरु र सयौं बिगाह जमिनमा ब्यक्तिले कब्जा गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राख्न पत्राचार गरेका सुडान घोटाला प्रकरणका आरोपी वंगलादेशी नागरिक रुवेल चौधरी ढाका प्रस्थान गर्नुभएको छ ।

मानव अधिकारकर्मीहरुले एमाले नेता केपी आलीले शनिबार दिएको अभिब्यक्तिको भत्र्सना गरेका छन् ।

नवलपरासीमा आगामी असार २४ गते हुने उद्योग बाणीज्य सघंको निर्वाचनमा अध्यक्ष सहित १७ सदस्यीय कार्यसमितीकालागी कुल ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

परासीबाट भैरहवा तर्फ गईरहेको ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री नवलपरासी शुक्रौली ९ का २१ बर्षिय आसीक अली अन्सारको मृत्यु प्रहरीले जनाएको छ ।

नवलपरासीको सुनवलमा रहेको निर्भाना लागु पदार्थ उपचार केन्द्रले हाल सम्म करिब २ सय जना लागु औषध दुव्र्यसनीहरुको उपचार गरिसकेको जनाएको छ ।

नवलपरासीमा यस बर्षको एसएलसी परीक्षामा उत्तीर्ण हुने दावा गरेका केही विद्यार्थीहरुको अनिवार्य गणित विषयमा शून्य नम्बर आएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था माकर–४ बर्दघाटको आउदो १४ गते हुने अधिवेशनका लागी दुई प्यानलले नै प्रचार प्रसारलाई तिव्रता दिएका छन।

आज लागु पदार्थ ओसार पोसार र यातना विरुद्धको अन्तराष्ट्रिय दिवस विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइदै छ । हरेक वर्ष जुन २६ लाई यो दिवसका रुपमा मनाउने गरिन्छ ।

उपचारको लागि अमेरिका आईपुगेका कांग्रेस सभापति सुशिल कोइरालाले विवादित नेपाली जनसम्पर्क समिति अमेरिकाका कार्यकर्ताहरुलाई आपसी अडान छोडेर एक जुट भएर अघि बढ्न जोड दिएकाछन् ।

संवैधानिक कानुन व्यवसायी मन्चले बाबु वा आमामध्ये एकमात्र नेपाली भएका सन्तानलाई बंशजको आधारमा नागरिकता दिन सरकारलाई सुझाव दिएको छ । राजधानीमा अध्ययन प्रतिवेदन सार्बजनिक गर्दै मन्चले बंशज नागरिकताका लागि बाबु–आमा दुवै नेपाली हुनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै कुनै एक मात्र पनि नेपाली भए नागरिकता दिन सुझाव दिएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी-९ गर्दोखोला नजिकै आइतबार बिहान बस र ट्रक आपसमा जुध्दा ८ यात्रु घाइते भएका छन् ।

सेना समायोजनको मुद्दा छिटो टुंगोमा पु¥याउन मुख्य तीन दल सहमत भएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच आज विहान भएको छलफलमा समायोजनको विषयमा सहमतिमा पुगेर शान्तिप्रक्रियालाई छिटो टुंगोमा पु¥याउने सहमति भएको हो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिको विवाद अन्त्यको प्रयासस्वरुप आजपनि आन्तरिक परामर्शमा व्यस्त रहनु भएको छ ।

ओखलढुंगामा आज बिहान जन्ती बोकेको डुंगा दुर्घटना हुादा त्यसका सवार चारजना वेपत्ता भएका छन् ।

वनको काफल वनकै चरिलाईबोलको लोक दोहोरी गीत गाएर ह्वात्तै लोकप्रियता कमाएकि लोक गायिका सिर्जना विरही थापा एउटा जुवाघरबाट पक्राउ परेकि छन् ।

रुपन्देहीको चरंगेमा सुरक्षाकर्मी सवार जिप दुर्घना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् ।

नेपाली काङग्रेसले सरकारले बजेट आफुखुसी अघिसारेको आरोप लगाएको छ । आज बसेको काङग्रेस संसदीय दलको बैठकले सिद्धान्त र प्राथमिकताको आधारमा बजेटका विषयहरु नआएको निर्णय गरेको हो ।

उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको पछिल्लो पटक थपिएको तीन महिने अवधि भित्रै संविधानको एकीकृत मस्यौदा आउने विश्वास व्यक्त गर्नु भएको छ ।

पर्साको भिस्वा नाकास्थित छोटी भन्सार कार्यालयमा कर्मचारी नहुदा कृषिजन्य उत्पादनको आयात ठप्प भएको छ ।

पदमपुर ६ को लक्ष्मी प्राङ्ग्ररीक कृषक समुहमा आवद्ध २२ जना कृषकले प्राङ्गारिक बिधिबाट खेती गर्ने तथा रोग किरा लागेका जैविक बिषादीको प्रयोग गर्न थालेका हुन् ।रसायनिक मल र बिषाधिको प्रयोग गर्दा जमिनको उर्बरा शक्तिमा ह्रास आउने ,बालिनालिमा ब्यापक मात्रा रोग किरा देखिने तथा यसरी उत्पादन गरिएका खाधान्न खा“दा स्वास्थ्यमा पनि नराम्रो असर गर्ने गरेकाले कृषकहरु जैबिक खेति तथा जैबिक बिषाधी तर्फ आकर्षित भएका हुन् ।

नवलपरासीमा आफुहरु वर्षौ देखी वस्दै आएको जग्गाको लालपुर्जाको माग गर्दै शिवमन्दीर गाविस कार्यालयमाा स्थानीय वासिन्दाले गाविस कार्यलयमा रिले अन्सन जारी राखेका छन् ।

नक्कली अपहरणकारी खडा गरी आफ्नै अपहरणको हल्ला फैलाउने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। आफ्नै अपहरणको झुटो हल्ला फैलाउने सप्तरीको नकटी रायपुर-५ निवासी २८ वर्षीय श्रीप्रसाद रामलाई प्रहरीले सार्वजनिक गरेको हो।

अवरुद्ध रहेको त्रिभुवन विमानस्थलमा मध्याह्न १२ बजेबाट पूर्णरुपमा संचालमा आएको छ।

नेपाली कांग्रेसले शान्ति र प्रि-बजेटका विषयमा छलफल गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा अपराह्न २ बजे बस्ने अनौपचारिक केन्द्रीय समितिको बैठकमा आसन्न बजेट तथा शान्तिप्रक्रियाका लागि भएका प्रगतिका विषयमा छलफल गर्ने भएको हो । कांग्रेसले आगामी बजेट जनमुखी, किसानमुखी तथा पुराना केही कार्यक्रमलाई निरन्तरता दिई बजेट ल्याउनुपर्ने माग राख्दै आएको छ ।

दलित जनजाति पार्टीले शनिबार तराई बन्द गरेको छ । बन्दका कारण यस क्षेत्रका जिल्लाहरूमा आंशिक प्रभाव परेको छ ।

केन्द्रीय समितिको बैठक स्थगित गरेर एकीकृत नेकपा माओवादी पुनः गुटको राजनीतितर्फ उन्मुख भएको छ ।

यातनापीडितका लागि अन्तर्राष्ट्रिय सहयोग दिवस २०११’ शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिओआर बिग्रिएपछि शनिबार दिउँसो १ बजेसम्मका लागि उडान ठप्प हुने भएको छ ।

सरकारले देशका १२ स्थानमा ”कलेक्सन सेन्टर” स्थापना गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ७२ जिल्लाका प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने भएको छ । राजधानीनजिकका धादिङ, नुवाकोट र रसुवाबासीले भने काठमाडौंबाटै राहदानी पाउनेछन् ।

दोलखाको उत्तरी लामावगर गाविसमा तीन देखि वेपत्ता दुई जना पुरुषको अवस्था अझै अज्ञात रहेको छ । वेपत्ताका परिवारजन, स्थानियवासि र प्रहरीले लगातार दुई दिनसम्म खोजी गरेपनि दुवै जनालाई फेला पार्न नसकिएको हो ।

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । रक्सौल–काठमाडौं रुटमा ट्याङ्कर थप्ने निर्णय नेपाल आयल निगमले फिर्ता लिएपछि व्यवसायीले पनि आन्दोलन फिर्ता लिएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री कृष्णवहादुर महराले पत्रकार खिलानाथ ढकाल आक्रमणका योजनाकार पर्शुराम वस्नेत अव धेरै दिन लुकेर बस्न नसक्ने बताउनु भएको छ ।

प्रधानमन्त्री झलनाथ खनालले विराटनगरका पत्रकार खिलानाथ ढकाल आक्रमणका मुख्य आरोपी परशुराम वस्नेतलाई जुनसुकै हालतमा पनि पक्राउ गर्ने वताउनुभएको छ ।

७ महिनाको शिशुलाई नदीकिनारमा राखेर एक युवती भेरी नदीमा हाम फालेकी छिन्। विजयश्वरी-४ नाखिराकी अन्दाजी २६ वर्षीया रुपा टमाटा बिहीबार बिहान ठूलीभेरी नदीमा हाम फालेर बेपत्ता भएकी रुकुम प्रहरीले जनाएको छ।

प्रधानमन्त्री झलनाथ खनालले नयां बजेटको तयारी र सरकारी काम कारबाहीबारे विभिन्न मन्त्रालयका सचिव र महान्यायाधिवक्तासंग आज परामर्श गर्नुभएको छ ।

एकीकृत नेकपा माओबादीका एक पोलिट्व्युरो सदस्यले पार्टीभित्र उपाध्यक्ष मोहन वैद्य किरणलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल भैरहेको बताएका छन् ।

सुडान घोटालामा संलग्न भनिएका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाले म्याद तामेलीको पत्र बुझ्न अस्वीकार गर्नुभएको छ । राणाको निवासमा म्याद तामेलीका लागि जिल्ला अदालत ललितपुरबाट गएका तामेलदार उद्धव थापाको टोली राणाले पत्र बुझ्न अस्वीकार गरेपछि फर्किएको छ । राणाले कानुन व्यवसायीको सल्लाहमामात्र पत्र बुझ्ने भन्दै अस्वीकार गरेको थापाले जानकारी दिनुभएको छ ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले आगामि भदौ भित्रमा नेपाल बायू सेवा निगमकोलागी दुई वटा नयाँ विमान ल्याउने घोषणा गरेका छन् ।

व्यवस्थापिका संसद अन्तरगत राज्य व्यवस्था समितिले बैशाख २९ यता भएका सबै सरुवा र काज सरुवा तथा सरुवाका लागि भएका सहमती सात दिन भित्र रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौंको जमीन मुनी ग्यासको खानी छ भन्ने कुरा नयाँ होइन । दुई दशकभन्दा पहिले नै उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागको अध्ययनले काठमाडांैको जमिनभित्र ग्यासको व्यापक भण्डारण रहेको तथ्य देखाएको थियो ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate