सिन्धुली, असार २७ - सुँगुरले लिङ्ग खाइदिएपछि निपाने गाविस–३ मा एकजना अधबैँशेको मृत्यु भएको छ ।
छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले ५६ वर्षीय टेकबहादुर सार्कीको लिङ्ग खाइदिदा मंगलबार घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उपद्रो गरेको भन्दै सुँगुरलाई धपाउनका लागि हिर्काउन खोज्दा एक्कासि सुँगुरले सार्कीको लिंगमा टोकेका थिए ।
लिङ्ग खाइदिएपछि सार्कीको मृत्यु भएको प्रहरी नायब निरीक्षक महेन्द्र साहले जनाए ।