
प्यूठान सेवा समाज पुनर्गठन
तिलविक्रम थेवे
दोहा - प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा प्यूठान सेवा समाजको एक वर्षेखि रिक्त रहेका कार्यसमितिको पदपुर्ति गरि समाजको पुनगर्ठन गरिएको छ ।
प्यूठान जिल्लाका सबैजसो गाविसहरुलाई समेट्दै पुनगर्ठित १७ सदस्यीय नयाँ कार्यसमितिमा ३ जना वैकल्पिक सदस्य ७ जना सल्लाहकार चयन गरी २७ जनाको समिति गठन गरिएको छ ।
आगामी दिनमा अत्यन्तै नौलो कार्यक्रम ल्याउन तयारी गरिरहेको प्यूठान सेवा समाजले आपत्विपत्मा परेका नेपाली जोसुकै भएपनि अवस्था र परिस्थिती हेरेर सहयोग गर्ने कार्यक्रम समेत ल्याउन लागेको पुनगर्ठित कार्यसमितिका अध्यक्ष कमल आचार्यले कार्यसमितिको नामावली उपलब्ध गराउदै सो कुरा बताए ।
कमल आचार्य अध्यक्ष रहेको पनगर्ठित समितिमा उपाध्यक्ष छविलाल विक, महासचिव बलदेव राना, सचिव एमवी गाँउले, कोषाध्यक्ष विष्णु जिसी, सहकोषाध्यक्ष जिवलाल पन्त रहेकाछन् । अन्य सदस्यहरु घनश्याम जिएम, गोपाल रोका मगर, लाल ब. जिएम, कृष्ण जिएम, जीवन पुन मगर, हिम ब. राउतर्,र् इश्वरी केसी, दिनेश पुन मगर, चित्र ब. राउत मगर, रबिलाल सुनार, रण ब. विक, र वैकल्पिक सदस्यहरु कृष्ण बस्नेत, चेतमान जैसी, दिपेन्द्र थापा रहेकाछन् ।
सल्लाहकारहरु प्रकाश केसी, मान ब. केसी, भोज साफ मगर, नविन शाह, हुमलाल खडेका र मकुल हुसेन र अविभावक सल्लाहकार राम बहादुर जिएमलाई चयन गरिएको छ ।
Comments
* Comments not approved for this news yet
Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।
दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो ।
उहाालाई पक्राउ गरेको जानकारी ,,,
तामाङ समाजद्धारा विदाई ।
विथयूको सुटिङ्ग सम्पन्न ।
पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान
प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।
हृद्यघातका कारण एक नेपालीको मृत्यू ।