
कतारमा २५५६ औं बुद्ध जयन्ती मनाइयो
प्रेम स्याङतान तामाङ
दोहा /कतार
विश्व शान्तिका अग्रदूत तथा एशियाका ताराको रुपमा रहेका महामानव भगवान गौतम
वुद्धको २५५६ औं जन्म जयन्ती मे ११, २०१२ का दिन नेपाली राजदूतावास कतारको हलमा
मनाइयो । नेपाल प्रवासी तामाङ समाज कतार, तमु वौद्ध सेवा समिति शाखा कतार, थारु
कल्याणकरिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी मगर सङ्घ कतार र नेपाल प्रवासी
शर्ेपा सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली भक्तजनहरुको उल्लेख्य
उपस्थिति रहेको थियो ।
लामा गुरुहरु थर्चा लामा, नाम्गेल लामा, कुन्साङ
लामा, राजन लामा र प्रकाश लामाद्धारा बौद्ध परम्परा अनुसार विधिवत रुपमा पूजा
सम्पन्न गरेका थिए । कार्यक्रममा उपस्थित सवै भक्तजनहरुले विश्व शान्तिको कामना
गर्दै दीप प्रज्वलन गरी फलफूल तथा प्रसाद चढाएर पूजामा सहभागी भएका थिए
।
मुल समारोह समितिका संयोजक तथा नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष
शङ्खलाल तामाङको सभापत्विमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली नियोगका राजदूत
डा. मायाकुमारी शर्मा र विशेष आतिथिमा नेपाल प्रवासी आदिवासी जनजाति महासङ्घका
अध्यक्ष मान बहादुर सावाँ लिम्वु रहेका थिए । कार्यक्रममा विभिन्न सङ्घ संस्थाका
प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै
राजदूत डा.मायाकुमारी शर्माले भगवान गौतम बुद्धको उपदेशको पालना गरे मानव जातिको
हित हुने बताए । हत्या हिंसालाई त्याग्नुपर्नेमा राजदूत शर्माले जोड दिएका थिए ।
Comments
* Comments not approved for this news yet
Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।
दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो ।
उहाालाई पक्राउ गरेको जानकारी ,,,
तामाङ समाजद्धारा विदाई ।
विथयूको सुटिङ्ग सम्पन्न ।
पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान
प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।
हृद्यघातका कारण एक नेपालीको मृत्यू ।