कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा यही वैशाख १५ र १६ गते पोखरा रड्डशालामा सञ्चलन हुने कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड–२०६९ को तयारी पूरा भएको छ। महिलातर्फ सात तथा पुरुषतर्फ सात गरी १४ वटा इभेन्ट सञ्चालन हुने सो प्रतियोगितामा करिब एक सय जना खेलाडीको सहभागिता रहने सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए। पुरुषतर्फ २० देखि ४४ केजी तथा महिलातर्फ २६ देखि ४७ केजी तौलसम्मका खेलाडीले प्रतिस्पर्धा गर्न सक्नेछन्। सोही अवसरमा पुम्से प्रतियोगिता पनि गरिने भएको छ। पुम्सेमा प्रत्येक डोजाङबाट ब्ल्याकबेल्ट भन्दा मुनिका एक पुरुष तथा एक महिला खेलाडीले जोडीको रूपमा सहभागिता जनाउनेछन्। यस्तै समापनका अवसरमा सिनियर खेलाडीहरुले तेक्वान्दोको डेमोन्स्ट्रेशन पनि गर्नेछन्। सङ्घको आयोजनामा पोखरा रड्डशाला र बगरको न्यू लिटिल स्टेप बोर्डिङ स्कुलमा सञ्चालन भइरहेको एक महिने निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविरको समापन पनि गरिने छ भने प्रशिक्षार्थीहरुले आफूले एक महिनासम्म सिकेको सीप पनि प्रस्तुत गर्नेछन्।शिविरमा एक सय बढी प्रशिक्षार्थीको सहभागिता रहेको छ। प्रतियोगिता सञ्चालन गर्न करिब ७५ हजार खर्च लाग्ने छ।
हार्दिक निमन्त्रणा
श्रीमान सम्पादक÷ स्टेशन मेनेजर÷सम्वाददाता ज्यू कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा यही मिति २०६९ साल वैशाख १५ र १६ गते पोखरा रंगशालामा सञ्चालन हुन गइरहेको कास्की जिल्लास्तरीय तेक्वान्दो रनिङशिल्डमा समाचार सम्प्रेषणको लागि हार्दिक निमन्त्रणा गर्दछौं । खेल सुरु हुने समय २०६९ साल वैशाख १५ गते शुक्रबार बिहान ७ बजे समापन कार्यक्रम मिति २०६९ साल वैशाख १६ गते बिहान ९ देखि ११ बजेसम्म
प्रेमनारायण न्यौपाने सचिव कास्की जिल्ला तेक्वान्दो सङ्घ सम्पर्क ९८४६०–४९४०८