www.nepalqataronline.com Saturday, 18th May 2013
 
Ads
News
आरम्भ नाट्य डबलीले कतारमा कालापानी प्रदर्शन गर्दै

+ Font Size | - Font Size

Posted on: Apr 26 2012 Thursday 08:30:38 AM

रवि रोषी / काठमाण्डौँ ।

आरम्भ नाट्य डबली दोहा कतारले कतारको दोहा सिनेमा हलमा यहि मई ४ तारिखको दिन चलचित्र कालापानी प्रदर्शन गर्न गईरहेको छ । सुशिला रायमाझीको अन्तिम चलचित्र कालापानीमा निखिल उप्रेती, दिलीप रायमाझी, गणेश उप्रेती, संचिता लुईंटेल, ऋचा घिमिरे तथा मुकुन्द थापाको अभिनय रहेको छ भने यस चलचित्रमा लेखन तथा निर्देशन उद्धव अभिजितको रहेको छ ।
चलचित्र विकास बोर्ड २०६८ द्धारा एवार्ड प्राप्त गर्न सफल चलचित्र कालापानी पूर्ण देशभक्ती कथा समेटिएको चलचित्र भएको लेखक तथा निर्देशक उद्धव अभिजीलतले बताए । सेल्युट इन्टरटेनमेन्टको पहिलो प्रस्तुती यस चलचित्रमा राजेश पायल राई, अन्जु पन्त, सोम निरौला तथा पुष्पा पौडेलको रहेको छ भने त्यस्तै गरी द्धन्दमा कुमार महर्जन र गीत कविराज गहतराजको रहेको छ ।
देशलाई माया गर्नेहरुको लागि समर्पित कालापानी चलचित्रको स्लोगन भने राष्ट्रियता र वीरताको कथा भनी राखिएको छ । छिमेकी देशबाट हुँदै आएको सीमा अतिक्रमणको मुख्य विषयबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रको समयावधि भने २ घण्टा १० मिनेटको रहेको छ । दोहाको दोहा सिनेमाहलमा दिउँसो १ बजे प्रदर्शन गर्न लागिएको चलचित्रको टिकट दर भने २०, २५ र ५० कतारी रियाल रहेको छ । आरम्भ नाट्य डबली मुख्य आयोजक रहेको सो चलचित्रको आयोजक सदस्यहरुमा भने सन्तोष थापा, लाल भट्ट र कविराज सुवेदी रहेका छन् भने नेपालमा यसको संयोजन श्रमिक गेष्ट हाउसका सञ्चालक गणेश ढकाल र सरोज पाण्डे रहेका छन् । 

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
ठुला राजनैतिक दलहरु सत्ता र कुर्सीका जुकाहरु –आङ्गकाजी शेर्पा

एमाओवादी महाधिवेशन तयारी अन्तिम चरणमा, विधान मस्यौदा पारित

फागुनदेखि दुई रङका सिलिण्डर आउने

एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनद्धारा विद्यालय भवन उद्घाटन

१९९ डाक्टर लाइसेन्स परीक्षामा फेल

संसार ध्वस्त भयो त ?

सिडिओद्वारा महिलाको बिचल्ली

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate