|
नेकपा एमालेको प्रवास स्थित भातृसंगठन प्रवासी नेपाली संघ यूएईको दोश्रो अधिवेशनले वर्तमान अध्यक्ष यमलाल शर्मा पगेनीलाई फेरी अर्को कार्यकालकोलागि अध्यक्षकोलागि चयन गरिएको छ । गत शुक्रवार यूएईको अबुधावी स्थित केरलासोसाईटी सेन्टरमा भएको अधिवेशनमा उपाध्यक्षमा डिआर गुरुङ्ग, सचिव स्याम पाठक, सह सचिव गितामणी पाण्डे चयन भएका छन् भने अन्य १३ जना सहितको केन्द्रिय समितिको चयन उक्त अधिवेशनले गरेको थियो । भुनविसंह राई ,रविन्द्र पौडेल, डिएल शर्मालाई सल्लाहकारमा चयन गरिएको थियो । नेकपा एमालेका प्रभावसाली नेता तथा भूपू उप प्रधान मन्त्री प्रराष्ट्र मन्त्री तथा गृह मन्त्री केपी ओलीको प्रमुख अतिथिमा सम्पन्न उक्त अधिवेशनमा विषेश अतिथिहरु एमालेका मध्यपूर्वक सम्योजक तथा वैकल्पिक केन्द्रिय सदस्य श्री प्रसाद शाह, विदेश विभाग सविच केशव पाण्डे , नेपाली राजदूतावासका राजदूत धनन्जय झा, एनआरएन आईसीसीका उपाध्यक्ष रामेश्वर साह, नेपाली राजदूतावासका नियोग उपप्रमुख दिपक अधिकारी, प्रथम सचिव लोक बहादुर क्षेत्री आदिको उपस्थित रहेको थियो भने अतिथिहरुमा आईसीसी सदस्य छत्र लामा, विमल तामाङ्ग, चुणामणी ढकाल, मध्यपूवर्क सह सम्योजक लोकनाथ सुवेदी , एनसीसी अध्यक्ष चन्द्र रोकाहा, नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, जनजाती महासंघका अध्यक्ष गिरमान थापा मगर लगायत यूएईमा स्थापना भएका विभिन्न संघसंस्थाका अध्यक्षहरु सस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रवासी नेपाली संघ यूएईमा आस्था राख्ने प्रवासी नेपालीहरु लगायत अन्य नेपालीहरुको पनि वृहत उपस्थित रहेको थियो । सम्पूर्ण उपस्थितलाई सचिव डिआर गुरुङ्गले स्वागत गरेका थिए । उक्त अवसरमा नेकपा एमालेको प्रवास स्थित भात्रृ संगठन प्रवासी नेपाली संघ यूएईको दोश्रो अधिवेशनलाई संवोधन गर्न आएका पुर्व प्रधान मन्त्री गृहमन्त्री तथा प्रराष्ट्रमन्त्री केपी ओलीले प्रवासी नेपालीहरु समक्ष जेष्ठ १४ मानै नेपाली जनताले चाहेको संविधान जारी हुने प्रतिवद्धता जाहेर गरे । जहासम्म लाग्छ शान्ति प्रकृया पनि टुंगिएर संविधान जेठ १४ मानै बन्छ उनले भने । संविधान जारी भईसकेपछि स्वास्थ्य उपचार पाउन सक्ने अस्पताल ज्यानको शुरक्षा हुन सक्ने सुरक्षा प्रवन्ध वेरोजगारीले रोजगार पाउन सक्ने विकास यि कुराहरु जनताले पाउनु पर्दछ । राष्ट्रिय एकता जनताको सार्भमौसत्ता कसरी प्राप्त गर्न सकिन्छ भौगोलिक अखण्डतालाई कसरी मजबुद गराउन सकिन्छ त्यता पट्टि जान जरुरत छ । देशको समृद्धिको बाटोमा कसरी लान सकिन्छ अरवौ बर्षदेखि बगिरहेको नदिहरुको किनारमा दुई बर्ष छाप्रो हालेर मेरो खोला हो भन्दै अत्तो थाप्दै विकासनिर्माणमा अवरोध पुर् याउनु कहासम्म जायज हो । सरकारले स्थानिय जनताको प्राकृतिक श्रोत साधानमाथी हक अधिकार हुने भनेपछि त्यसमा विकास निर्माणमा अवरोध गर्न ठुलो बल मिल्ने बताए । देशभन्दा बाहिर बसेर देशकोलागि के गर्न सकिन्छ भन्ने तर्फ तपाईहरु पनि लाग्नु पर्ने हुन्छ । अब हामीले नेपालमा राजनैतिक कुराहरुमात्र सोच्नु भन्दा विकास निर्माण तथा देशको आर्थिक उन्नतीको बारेमा सोच्नु पर्दछ । हड्ताल गर्ने अधिकार हुन्छ भन्दैमा साना तिना कुराहरुमा पनि हड्ताल गर्नु उचित हो त । अब हड्ताल आन्दोलन टायर बाल्ने तिर होईन देशलाई कसरी आर्थिक उन्नतीमा लैजान सकिन्छ त्यस तर्फ बुद्धिजिवी नेता तथा कार्यकर्ताले सोच्ने बेला आएको बताए । उनको तिखो भाषण सुन्न अबुधावी स्थित केरला सोसाईटी सेन्टरको एक हल प्रवासी दर्शकहरुको उपस्थित खचाखच थियो । भाषण गर्दै गर्दा अब भने देशको अहिलेको जल्दो वल्दो घटनाक्रमलाई प्रष्टाउन थाले भन्दै गर्दा संविधानमा मिल्न नसकेका कुराहरुलाई थाती राखेर भएपनि जेष्ठ १४मा संविधान वन्छ भन्दै नयाँ बर्यको शुभदिन भएको हुनाले कसैको आलोचना नगरेको भन्दै करिव १ घण्टाको भाषण पौराणिक कथा र ईतिहासका कुराहरुलाई लम्ब्याउदै आफ्नो मन्तब्य टुंगाएका थिए । एनआरएन आईसीसीका उपाध्यक्ष रामेश्वर शाहले एनआरएनले २०१२-२०१३ लाई लगानी बर्षको रुपमा लिएको छ । यस बर्षमा विदेशमा रहेका एनआरएनहरुबाट सकेसम्म बढी लगानी भित्राई देशलाई सम्मोनति वनाउन कोशिष गरौ भने । उनले भने सरकारले भर्खरै वैदेशिक रोजगार निती ल्याएको छ बैदेशिक रोजगार निती मात्र होईन स्वदेशिक रोजगार निती पनि ल्याई प्रवासीने नेपालीहरुलाई स्वदेशमानै रोजगारी शृजना गर्ने तर्फ जागरुक वन्न नेताहरुलाई खवरदारी गर्दै एनारएन आईसीसीको तर्फबाट सम्पूर्ण एनआरएनहरुलाई शुभकामना ब्यक्त गरे । यूएईकालागि राजदूत धनाजय झाले नव वर्षको शुभकामना दिदै सकेसम्म आफु रहेको देशको नियम कानुन संस्कृतिलाई पालना गर्न अनुरोध गरे । तपाईले मेहेनत गरेर पशिना बगाएर कमाएको पैशालाई हुण्डी मार्फत नपठाउन अनुरोध गरे । भरपर्दो माध्ययमबाट नेपाल रकम पठाउने माध्ययमहरु छन् हुण्डीबाट पठाउँदा फस्न सक्छ त्यसकारण सम्वन्धित ठाउंबाट मात्र पठाउन अनुरोध गरे । जानीजानी नेपालीहरुलाई फसाउनु भनेको ठुलो अपराध हो र त्यो अपराधी सजायको भागेदारी पनि हुने बताए । एमालेका मध्यपूर्वक सम्योजक तथा वैकल्पिक केन्द्रिय सदस्य श्री प्रसाद शाहलॆ देशको अवस्था यस्तो अवस्थामा छ कि अव कसरी अगाडी बढ्ने । संविधान वन्दै गरेको अवस्थामा जनताले चाहेको जस्तो संविधान बन्छ कि वन्दैन तपाईहामीसबैलाई कौतुहलता लागेको वताए । विदेश विभाग सविच केशव पाण्डेले नयाँ बर्षको शुभकामना दिदैं आफ्नो क्षेत्रबाट कहाँ कसरी लागीपर्नेहो कसरी सहयोग गर्नु पर्ने हो त्यतातिर लाग्न अनुरोध गरे । लाखौको संख्यामा नेपाली दाजुभाइ दिदिवहिनीहरु प्रवासमा छन् । नेपालीहरुले विदेशमा गएर गरेको श्रम र प्रतिष्ठा हामीले गरेको योगदानलई अत्यन्त्य महत्वपूर्ण मान्नु पर्दछ उलने भने । उक्त अवसरमा विश्व साईकल यात्री शौरभ दाहाललाई एक समारोह विच प्रमुख अतिथि एमालेका नेता केपि वलीद्धारा सम्मान पनि गरिएको थियो भने उपस्थित प्रवासी नेपालीहरुले करिव १९०० दिह्रामस नेपाली ४० हजार जति सहयोग प्राप्त भएको थियो । उक्त अवसरमा नयाँ बर्षको उपलक्षयमा विविध सास्कृतिक कार्यक्रमद्धारा उपस्थित प्रवासीनेपालीहरुलाई मनोराजन दिलाएका थिए । प्रवासी नेपाली संघ यूएईको दोश्रो अधिवेशन पनि भएको हुनाले र नयाँ कार्यसमिति पनि चयन गर्ने भएको हुनाले वन्ध सत्र दिउस ६ बजे सम्म पनि सकिएको थिएन । आमन्त्रित अतिथिहरु फर्कने अवस्था र कार्यक्रम रोकिने अवस्था जस्तो भएपछि पहिलो चरणको बन्दसत्र रोकिएको थियो । दोश्रो चरणको कार्यक्रम सकिएलगत्तै वन्ध सत्रलाई निरन्तरता दिईएको थियो । उपस्थित प्रवासी नेपालीहरु नयाँ कार्यसमितिका पदाधिकारीहरुको जानकारी कतिवेला आउछ भनेर भनिरहदा कार्यक्रमको अध्यक्ष गरिरहेका वर्तमान अध्यक्ष यमलाल शर्मापगेनीले दोश्रो चरणको कार्यक्रम सकिएको घोषणा गरे । उक्त समयपछि उपस्थित नेपालीहरुमा कौतुहलता छाएको थियो । प्रवासमा लामो समय सम्म पनि संघको अध्यक्षमा सहकार्य हुन नसेकेकोमा एक आपसमा चर्चा परिचर्चा साँझ दश बजे सम्म पनि चलेको थियो । तोकिएको समयभन्दा निकै ढिलो संचालन भएको उक्त कार्यक्रम नेपाली प्रवासी संघ यूएईका निवर्तमान प्रवक्ता स्याम पाठकले साचालन गरेका थिए ।
|