|
घनस्याम पराजुली (कृष्ण) दोहा कतार
स्याङ्जा सहयोग समाज दोहा कतारको आयोजनामा ओक्राको हिमालयन होटलमा नयाँ बर्ष २०६९ सालको शुभकामना आदान प्रदान तथा रात्रिभोज कार्यक्रम सम्पन्न भयो ।
समाजका अध्यक्ष टुकराज अर्यालले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली सघं कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट रहनु भएको थियो । अतिथिहरुमा क्रमश: सल्लाकार तथा राजधानी साप्ताहिकका सम्पादक दिपक पौडेल, सल्लाहकार तथा व्यवसायी कमलराज थापा, सल्लाहकार तथा महिला व्यवसायी लोकमाया क्षेत्री, सल्लाहकार दुर्गा वस्याल, समाजसेवी तथा विषेश सहयोगी लक्ष्मण खतिवडा, समाजसेवि क्रमश: प्रताव ढुङ्गाना, दिल थापा , नारायण सिं गुरुङ, कृष्ण गिरि, घनस्याम श्रेष्ठ, खेलाडि विरेन्द्र राना, झापाली सम्पर्क मञ्चका सदस्य प्रेम सिटौला, कान्तिपुर अन्तराष्ट्रियका सम्पादक दिनेश रेग्मी, नेपाल टेलिभिजन अन्तरगत नमस्ते नेपालका प्रतिनिधि शिवराम गौतम, स्याङ्जा सहयोग समाज इकाई समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वुद्धिजिवि, समाजसेवि रपत्रकारहरु रहनुभएको थियो ।
बृहत रुपमा स्याङ्जावासिहरुको उपस्थिति रहको कार्यक्रममा राष्ट्रिय गान तथा प्रमुख अतिथिवाट दिप प्रज्वलन सँगै उद्घाटन गरिएको कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष याम श्रेष्ठले राखेका थिए । संस्थाका सह-सचिव घनस्याम पराजुली तथा सदस्य बेद प्रसाद पाठकले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा सम्पुर्ण इकाईको तर्फवाट नारायण काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।
यो संस्था प्रवासमा दु:ख पाएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र विषेशत: स्याङ्जावासीहरु र मातृभूमिमा सुधार, विकाश र सेवा गर्ने अभिप्रायले स्थापित भएको नितान्त सामाजीक संस्था भएको र कतारमा स्थापित भएको ७ वर्षसम्म निरन्तर यस्ता कामहरुमा लागिरहेको, भातृत्वको विकास गर्न प्रवासमा पनि हरेक चाडपर्वको अवसर पारेर यस संस्थाले हरेकौ कार्यक्रमको आयोजना गर्दै आएको र आजको यस कार्यक्रम २०६९ लाई स्वागत स्वरुप आयोजना गरिएको साथै यस कार्यक्रमले स्याङ्जा वासीहरुको बिचमा आपसि सम्वन्ध, सदभाव, सहयोग र सम्पर्क बढ्ने जनाउदै संस्थाका अध्यक्ष टुकराज अर्यालले सम्पुर्णमा शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाटले शुभकामना मन्तव्य राख्दै नेपाली कला, साहित्य, भाषा र संस्कृतिलाई जगेर्ना गर्न हामी विदेशमा वस्ने सम्पुर्ण नेपालीहरुको एउटा मुख्य दायित्व र कर्तव्य पनि हो, यहि दायित्व र कर्तव्यलाई आत्मसाथ गर्दै आज हामी यहा उपस्थित छौ भन्दै संस्थाको वारेका जानकारी तथा नयाँ वर्षको शुभकामना दिएका थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरु लक्ष्मण खतिवडा, दिपक पौडेल, लोकमाया क्षेत्री, दुर्गा बस्याल, प्रेम सिटौला, प्रताव ढुङ्गाना, बन्दना पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने शिवराम ढकालले लोकगीत गाएर कार्यक्रमलाई मनोरन्जनात्मक बनाएका थिए साथै रात्रिभोज, नाचगान गरि कार्यक्रमको समापन गरिएको थियो ।
|