
नेपाली जनप्रगतिशिल मञ्चको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न
लक्ष्मण खनाल, युएई
नेपाली जन प्रगतिशिल मञ्च युएई अन्र्तगतको शारजाह क्षेत्रिय समितिको आयोजनामा नयाँ बर्षको शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम दुबईको जाबिल पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । औपचारिक रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रमको सभापतित्व मञ्चका शारजाह क्षेत्रिय उपाध्यक्ष माधव पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथिमा मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहरा रहनु भएको थियो । हरी नेपाली को सञ्चालन रहेको कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रिय सदस्य रमेश गिरी, अजमान क्षेत्रीय अध्यक्ष राम बन्दिपुरे, महिला प्रतिनिधि प्रतिमा भुजेल लगायत रहनुभएको थियो ।
संजय पोखरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सभापतिको आसनबाट बोल्दै उपाध्यक्ष पौडेलले उपस्थित सबैलाई नया बर्षको शुभकामना दिदै प्रवासमा हुने नेपाली समस्याहरु संग जुध्न झन बलियो एकता का साथ अघि बढ्ने सामथ्र्य नयाँ बर्षले प्रदान गरोस् भन्ने कामना गनुभयो भने प्रमुख अतिथि बोहराले नेपाली जनप्रगतिशिल मञ्चका विगतका कार्यक्रमको स्मरण गराउदै बैदेसिक रोजगारीमा आउने गरेका समस्याहरु सँग जुध्ने नया जागर र जोश सबैमा छाओस् भन्दै समाज रुपान्तरणको आवश्यक सर्त चेतना भएको ले अव हामी सबै विचार र व्यवहारको सन्तुलन गर्दै समाज सुसंस्कृत बनाउन लाग्नु पर्ने अवस्था रहेको र नयाँ सालले नेपाली जनताले चाहेको संविधान देओस् यदी त्यसो हुन सकेन भने फेरी पनि नेपाली जनता चुप लागेर बस्न नहुने कुरा औल्याउनु भयो । त्यस्तै केन्द्रिय सदस्य रमेश गिरी ले मञ्चको स्थापना र आवश्यकता को प्रकाश पार्दै भावि दिनहरुमा पनि सम्झौता होइन संघर्ष गरेर अगाडी बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो भने अजमान क्षेत्रीय अध्यक्ष राम बन्दिपुरे, महिला प्रतिनिधि प्रतिमा भुजेल, संकल्प खनाल, दुबई क्षेत्रिय सहसचिव हरी सागर कँडेल, ले आफ्ना आफ्ना भनाइहरु राख्दै नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो । र कार्यक्रमको अन्तमा बनभोज सहित विविध मनोरञ्जनका कार्यक्रम सहित कार्यक्रम समापन गरिएको थियो ।
Comments
* Comments not approved for this news yet
Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।
दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो ।
उहाालाई पक्राउ गरेको जानकारी ,,,
तामाङ समाजद्धारा विदाई ।
विथयूको सुटिङ्ग सम्पन्न ।
पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान
प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।
हृद्यघातका कारण एक नेपालीको मृत्यू ।