रवि रोषी
पुख्र्यौली घर दोलखा भई काठमाण्डौँको बालुवाटारमा जन्मिएका असुशेन लामा नेपाली सांगीतिक फाँटमा अहिलेको परिचित र चर्चित नाम हो । १४ बर्षको उमेर देखि नै गीत संगीतमा रुचि राख्ने लामा साउथ एसियन स्टार २००८ का बिजेता पनि हुन् । कुनै पनि संगीत प्रशिक्षण नलिईकन स्वसाधनाबाट गायन, लेखन तथा संगीत संयोजनमा प्रवेश गरेका लामाको पहिलो एल्बम भने २००९ मा उनले ल्याएको माईक एल्बम हो ।
यस क्षेत्रमा हाम्फालेका लामाले सुरुवाती क्रममा नै इण्डियन आइडल प्रशान्त तामाङको स्वरका लागि आफुले लेखेको गीत गाउन लगाए र सोही गीतको कम्पोजिशन पनि स्वयं अशुसेनले नै गरे । प्रशान्त तामाङको स्वरमा सजिएको अरे क्यानाम , मन साईंली र आफ्नाले घात गर्दा बोलका गीतहरु बहुचर्चित पनि रहे । उनले वाण्टेड नामक चलचित्रमा पनि आफुले संगीत दिएको र प्रदर्शनीको लागि बजारमा प्रतिक्षित रहेको बताए ।
लोकपप, आधुनिक जो कुनै विधामा लेख्ने र कम्पोजिशन गर्न खप्पिस लामाले भारतीय टेलिभिजन च्यानलबाट प्रसारण हुने सारेगमपका नेपाली नेपाली भाषी कर्मा शेर्पाको स्वरमा सजिएको हाम्रो यो जीवन र कोहि भन्छ भन्ने गीतमा लय, संगीत र शव्द्धले पनि बजारमा त्यत्तिकै चर्चा पाएको छ । माईक नामक एल्बम बजारमा ल्याईसकेका लामाले उक्त एल्बमको ३ गीतको म्युजिक भिडियो पनि बनाईसकेका छन् भने अर्को सूचना नामक एल्बम पनि उनले शीघ्र बजारमा ल्याउने जमर्कोमा रहेका छन् । सुफी गीत, लोकगीत पनि समावेश रहेको सो एल्बमममा रक गीतप्रति युवाहरुको क्रेजलाई मध्यनजर गर्दै रक प्याटर्नको गीत पनि समावेश गरिएको उनले जानकारी दिए ।
साथीभाईहरुको समूहमा गीत गाउने र बजाउँदै जाँदा आफुलाई गायन, संगीत तथा शब्द्धरचनामा पारंगत बनाएका लामाले भारतको हरेक प्रान्तको सांगीतिक भ्रमणको सिलसिलामा मुम्बईमा एक महिना जति शाश्त्रीय संगीतको प्रशिक्षण लिएको बताउँछन् । स्टेज प्रोग्रामहरुमा नेपालका आञ्चलिक भाषा लगायत भारतको अन्य क्षेत्रमा जाँदा भारतका आञ्चलिक भाषा अन्तर्गतको पञ्जावी, बंगला लगायत अन्य भाषामा पनि गाएर सम्बन्धित भाषीहरुलाई आफुले मन्त्रमुग्ध बनाएको बताउँछन् । करीब ४० वटा गीतमा आफुले स्वरांकन गरीसकेका अशुसेन लामाले आफुलाई अबका दिनहरुमा गायक बनेर नै चिनाउने यात्रामा लागेका छन् । ब्याचलर सेकेण्ड इयर सम्मको पढाई पुरा गरेका गायक, कम्पोजर तथा रचनाकार लामा हालका दिनमा न्यु संघर्ष सांगीतिक कार्यक्रममा गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिन कतार आईपुगेका छन् ।

त्यस्तै गरी नेपालबाट आएका अर्का गायक डिजराज पौडेल पनि सोही कार्यक्रममा आफ्ना फ्यानहरुमाझ गीत गाउन कतार आईपुगेका छन् । अर्थशाश्त्र बिषयमा एमए पढ्दै गरेका सिन्धुली लधामी गाविसका डिजराज पौडेल तिमी आउने बाटोमा फूल रोपीदिएँ तिमी आईनौ भन्ने गीतबाटनै नेपालको सांगीतिक बजारमा बहुचर्चित बन्न पुगे । यस गीतका शब्द्धरचना र स्वर संगीत सवै आफुले नै गरेका उनलाई सुरुवाती क्रममा नै किन गीत, संगीत र स्वरमा आफैँ कस्सिएर निकाल्ने आँट गरियो त ? भन्ने प्रश्नमा उनले भने , आफुलाई पहिलै देखि गीत रेकर्ड गराउने प्रबल इच्छा हुँदा हुँदै पनि संगीतकारलाई दिने पैसा पर्याप्त नहुनु, गीत किन्ने पैसा नहुनु नै आफ्नो आत्मरतिकै लागि भनेपनि त्यो रिस्क मोलेको हुँ । अन्ततः गीतले नेपाल तताउन सफल भयो । उनले बताए ।
२०५५ सालताका काठमाण्डौँमा भएको बानेश्वर फेस्टिबलमा रामकृष्ण ढकालबाट स्वरांकित गीतहरु स्टेजमा गाएर ठूलो जमातमा आफ्नो गायनी क्षमता प्रदर्शन गरी सवैको वाहवाही लुट्न सफल भएका पौडेलले ओम संगीत बिद्यालयका धन बहादुर गोपाली र एनबी चाम्लीङबाट गायन प्रशिक्षण लिएका हुन् । त्यसको केहि समय पछि २०६३ मा म्युजिक नेपालबाट सम्बोधन नामक गीति एल्बममा आधुनिक, पप, तथा लोकभाका मिश्रित ८ वटा विभिन्न गीतहरुको संगालो बजारमा ल्याएपछि उनी एकाएक चर्चामा आएका हुन् । उक्त एल्बमको आफ्नै स्वर, शव्द्ध र संगीतमा सजिएको तिमी आउने बाटोमा फूल रोपी दिएँ तिमी आईनौ भन्ने बोलको गीतले उनलाई डिजराज पौडेल भनेर मेची काली सम्म चिनाउने काम गर्यो भने सोही एल्बमको मुटुमा बास मागी छुरा चलायौ भन्ने गीतले पनि धेरै नै चर्चा कमाउन सफल रहेको बताउँदै यहि शव्द्धलाई अञ्जु पन्तले पनि आफ्नो भोकलमा शीघ्र रेकर्डिङ गराईने तयारीमा रहेको उनले जानकारी दिए । उनको स्वरमा स्वरांकित यस गीतको म्युजिक भिडियोमा हालैमात्र भिडियो कलिउडका चर्चित नायक बिष्णु कार्कीले अभिनय गर्ने कुरा पनि उनले जानकारी दिए ।
सुनैको दरबार दिन तिम्लाई सक्दिन , चोखो माया दिउँला हजुर नामक गीत पनि उनको बेस्सरी चलेको गीत अन्तर्गत पर्दछ । आधुनिक, पप, मुजुरा, कव्वाली प्याटर्नको गीत समावेश रहेको सो एल्बम उनको सफल एल्बम सावित भएको छ भने घडेरी एल्बममा ७ वटा सेन्टिमेन्टल गीत लिएर पनि उनी बजारमा उदाईसकेका छन् । पछिल्लो समयमा बजारमा आउन लागेको उनको तेश्रो एल्बम भने गोरेटो हो । नेपाल अधिराज्यभरि करीब २५० स्टेज प्रोग्राममा आफ्नो गायनी क्षमता प्रदर्शन गरीसकेका पौडेलको विदेशको सांगीतिक भ्रमण भने अलि न्युन रहेको छ ।
हाल सम्म मलेशिया, कतार, सिंगापुर र भारतमा आफ्नो कार्यक्रम देखाईसकेका उनी अब विदेशमा पनि धेरैै नै बोलावा आउन थालेको उनले बताएका छन् । करीब ४५ वटाको हाराहारीमा स्वर दिईसकेका गायक डिजराज पौडेल आफ्नो सामाजिक पहिचान अब यसै गायन माध्यमबाट नै बनाउने योजना रहेको बताएका छन् । डिजराज नै नाम किन राखियो त ? भनी प्रश्न गर्दा उनले बताए, कर्कट राशिको ड डा डि डी बाट नाम राख्नु पर्ने भएको हुनाले मेरो बुवाले किन किन डिजराज नै मन पराउनु भयो र राखिदिनुभयो । संयोगवश म गायक बन्न पुगेँ र कोहि कोहिले डिजे राज पो हुन् कि भनी यसो पनि भनी सम्बोधन गरी बोलाईदिने गर्दा अप्ठेरो लाग्ने गर्छ । तर म भने डिजराज नै हुँ । अन्त्यमा उनले हाँस्दै भने ।
गोरेटो एल्बमको एउटा चर्चित गीत तिमी करोड म त रोडमा भन्ने बोलको गीतमा हालै मात्र दिया मास्के र गत बर्ष मिष्टर नेपालको फस्ट रनर अप कुवेर तामाङको संयुक्त अभिनयलाई तीतो सत्यका कलाकार निर्मल शर्माको निर्देशनमा बजारमा ल्याउने जमर्कोमा उनी रहेका छन् । गायक डिजराज तथा अशुसेन दुवैले यहि अप्रिल १३ का दिन कतारको सिटी प्लाजा होटलमा आफ्नो बेजोड प्रस्तुती दिने भएका छन् ।
Comments
* Comments not approved for this news yet
Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।
दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो ।
उहाालाई पक्राउ गरेको जानकारी ,,,
तामाङ समाजद्धारा विदाई ।
विथयूको सुटिङ्ग सम्पन्न ।
पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान
प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।
हृद्यघातका कारण एक नेपालीको मृत्यू ।