नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै संस्था वा ब्यक्तिले दिएको तयारी संबिधान नेपाली नागरिकलाई मान्य नहुने बताउनुभएको छ । शान्ति र संबिधान निर्माणमा सुझाब लिन थालिएको बिषेश टेलिफोन सम्बादमा मंगलवार सोलुखुम्बुका बासिन्दासँग कुरा गर्दै अध्यक्ष खनालले अंध्यारो कोठाभित्र बनाईएको संबिधान नेपाली नागरिकले सिधै अस्वीकार गर्ने बताउनुभयो ।
शान्ति प्रक्रिया टुङगिएको एक हप्ताभित्रै संबिधानका बिबादित बिषयहरुमा सहमति जुट्ने अध्यक्ष खनालको दावी छ । उहाँले पर्सीसम्म सेना समायोजनको काम टुङगिए समयमै संबिधान आउने बताउनुभयो । जातीय आधारमा प्रदेशहरु निर्माण गर्ने कुरा पहिचानका पाँच आधारहरुमध्ये एउटा आधार भएको भन्दै खनालले सबै जातजाती, भाषा, धर्मका नागरिकले अधिकार पाउने गरी प्रदेशहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।