गोरखाको खोप्लाङ्गमा खुर्पाले हानेर छिमेकी महिलाको हत्या गर्ने ३७ वर्षीय सोमबहादुर गैरेलाई ४ दिनपछि प्रहरीले मंगलवार बिहान पक्रेको छ । उनलाई च्याङ्गली गाविसको एउटा घर नजिकैको टौवामा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
सामान्य विवादमा खोप्लाङ्ग गाउँ विकास समिति वडा नं २ पोखरावेशीमा गैरेले खुर्पा हानेर छिमेकी ३० वर्षीय मीना कुमारी कोइरालाको हत्या गरेका थिए ।