सिद्धार्थ राजमार्ग अन्र्तगत रुपन्देहीको करहियामा मंगलवार बिहान पिक अप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाईते भएका छन् । ज्यान जाने भारत महाराजगन्जका रसीद खान रहेको प्रहरीले जनाएको छ ।
घाईते भारतकै सिद्धार्थनगरका जुगल हरिजनको मणिग्राममा उपचार भईरहेको छ । बुटवलबाट भैरहवाका लागि छुटेको लु १ च ३४ ६३ नम्बरको भ्यान र विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको मोटरसाईकल आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।