
आगामी चैत्र १० र ११ गते पोखरामा हुने राष्ट्रिय स्तरको महिला–पुरुष खुल्ला
पोखरा, २ चैत्र
आगामी चैत्र १० र ११ गते पोखरामा हुने राष्ट्रिय स्तरको महिला–पुरुष खुल्ला
कराँते प्रतियोगिताको तयारी तिब्र रुपमा पारिएको छ । नेपाल क्योकुशिन
कराँते डो–संघको सहयोगमा क्योकुशिन कराँते डो–संघ कास्कीले आयोजना
गर्न लागेको प्रतियोगिताकोलागि आर्थिक संकलन, खेल मैदान व्यवस्थापन तथा
खेलाडी छनौटको काम भईरहेको संघका कास्की जिल्ला अध्यक्ष नलबहादुर
गुरुङ्ले जानकारी दिनुभयो । २० लाख खर्च लाग्न सो प्रतियोगिता सम्पन्न गर्न
पोखराका बैङ्क तथा विक्तिय संस्थाहरुसंग भेघघाट जारी राखेको अर्थ संकलन
उपसमितिका संयोजक नवराज गरीले बताउनुभयो ।
क्योकुशिन कराँतेको नियम अनुसार देशभरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा सवै अंचलका खेलाडीहरु सहभागी हुने छन । प्रतियोगिताका लागी
“खेल,खेलाडी राष्ट्रिय पहिचान , स्वाथ्य प्रतिभावान खेलाडी निर्माण हाम्रो
अभियान” भन्ने मुल नारा तय गरिएको छ। पर्यटकियनगरी पोखरामा १२ वर्ष पछि
हुन लागेको राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगितालाई पोखरेलीहरुले
गौरवका रुपमा लिएका प्रचार प्रसार समितिका सदस्य उत्तम पण्डीतले जानकारी
दिनुभयो ।
Comments
* Comments not approved for this news yet
Other News
आरसीटीसामु मच्छिन्द्र निरीह
एन्फालाई २४ करोडको प्रायोजन
काठमाडौं, १० साउन । लन्डन ओलम्पिक–०१२ मा सहभागी हुन नेपालका प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवाललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार बिदाइ गरेको छ ।
रौतहट, साउन २ - बाँके, रुपन्देही र दोलखा १४ औं राष्ट्रिय महिला फुटबल प्रिक्वाटर फाइनल प्रवेश गरेका छन् । पराजित भएपछि सुनसरी, बर्दिया र चितवन भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
काठमाडौं साउन २ - नेपाल सोतोकान कराते संघ एसकेआइएफको आयोजनामा भएको प्रथम राष्ट्रिय रेफ्री सेमिनार मंगलबार सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तरगत आजको पहिलो खेलमा वीरगन्ज युथएकेडेमी र टुसाल युवा क्लब भिड्ने छन् भने दोस्रो खेलमा पुल्चोक स्पोर्टस क्लबले च्यासल युथ क्लबको सामना गर्ने छ ।
नेपाल भारोत्तोलन सङघ केन्द्रीय
समितिको आयोजनामा पहिलो साउथ एसियन भारोत्तोलन प्रतियोगिता आज देखि
बाँकेको नेपालगञ्जमा सुरु हँदैछ ।