१६ अफगानिको हत्या गर्ने अमेरिकी एक सैनिकलाई अफगानिस्तानबाट निकाला गरिएको छ । हत्या आरोप सामना गरिरहेका ति सैनिक विरुद्ध हुने जुनसुकै कानुनी कारवाही अव देश वाहिर मात्र हुने भएको छ । गत विहीवार ति सैनिकले तीन वटा घरमा प्रवेश गरि ९ वालवालिका सहित १६ जनाको हत्या गरेका थिए । हत्याका आरोपितलाई देश भित्र कारवाही गर्नु पर्ने माग उठिरहेका वेला देश वाहिर कारवाही गर्ने निर्णयसंगै फेरी त्यहाँ आन्दोलन सुरु हुने आशंका गरिएको विविसीले जनाएको छ । अमेरिकाले भने आफ्ना जुनसुकै सैनिक गल्ती गरेपनि अमेरिकी सैनिक कानुन अनुसारनै कारवाही गरिने जनाएको छ ।