www.nepalqataronline.com Sunday, 19th May 2013
 
Ads
News
साउदीले हस्त लिखित नेपाली पासपोर्ट नलिने, भिसा लगाउन बंगलादेश पुगेका ब्यबशायी खालीहात फर्किए

+ Font Size | - Font Size

Posted on: Nov 14 2011 Monday 09:26:18 PM

काठमाडौं, २७ कात्तिक

खाडी मुलुक साउदी अरेबियाले सन् २०१० अघि जारी भएका हस्तलिखित राहदानीमा जाने नेपाली कामदारको रोजगारी भिसा अस्वीकृत गर्ने भएको छ । साउदी विदेश मन्त्रालयले बंगलादेशको ढाकास्थित साउदी दूतावासलाई नेपाली कामदारबाट पेस हुने हस्तलिखित राहदानी अस्वीकृत गर्न सर्कुलर गरेको हो । 

साउदी विदेश मन्त्रालयको सर्कुलरसँगै अबदेखि रोजगारीमा साउदी जाने नेपाली कामदारले अनिवार्य रूपमा मेसिन रिडेबल पासपोर्ट प्रयोग गर्नुपर्नेछ । तर, राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आइकाओ) ले नेपालले सन् २०१० अपि्रल भन्दाअघि जारी गरेका हस्तलिखित राहदानी सन् २०१५ सम्म वैध रहने सर्कुलर साउदीलगायत विश्वका आफ्ना सबै सदस्य मुलुकलाई गरेको थियो ।

साउदीको दूतावास नेपालमा नभएकाले नेपाली कामदारले बंगलादेशको ढाकास्थित साउदी दूतावासमार्फत भिसा लगाउनुपर्छ । नेपाली हस्तलिखित राहदानीमा फोटो र नाम परिवर्तन गर्ने क्रम नरोकिएको भेटिएपछि साउदीले अस्वीकार गर्ने निर्णय लिएको हुनसक्ने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । साउदी दूतावासको औपचारिक पत्र आएपछि मात्रै यसबारे थप बताउन सकिने ती अधिकारीको भनाइ छ ।

हस्तलिखित राहदानी अस्वीकृत गरिएकोबारे ढाकास्थित नेपाली दूतावासले मौखिक जानकारी आएको जनाएको छ । दूतावास स्रोतका अनुसार साउदीको सो निर्णयबारे ढाकास्थित दूतावास उपप्रमुख एवं परराष्ट्र उपसचिव कृष्णचन्द्र अर्यालले नेपालका लागि साउदीका गैरआवासीय राजदूत अब्दुल बिन नासिर अल बुसाउरीसँग भेटी परामर्श गरेका थिए । 'साउदी दूतावासबाट छिट्टै औपचारिक पत्र आउने अपेक्षा गरेका छौँ,' दूतावास स्रोतले नयाँ पत्रिकासँग भन्यो । दूतावासले यस विषयमा परराष्ट्र मन्त्रालयको पश्चिम एसिया तथा अपि|mका महाशाखालाई पनि मौखिक जानकारी गराइसकेको छ । 

'अबदेखि नेपाली कामदारले अनिवार्य रूपमा मेसिन रिडेबल पासपोर्ट -एमआरपी) लिएर मात्रै साउदीमा रोजगारीमा जानुपर्ने भन्ने जानकारी हामीलाई आएको छ,' फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले आइतबार नयाँ पत्रिकासँग भने, 'साउदी जान लागेका कामदारको भिसा साउदी दूतावासले अस्वीकृत गरिसकेको छ । त्यसैले सरकारले तत्कालै कूटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ ।

कटुवालले साउदीको सर्कुलरबाट सयौँ नेपाली कामदारलाई समस्या हुने बताए । 'साउदी जान नेपाली कामदारले अनलाइनमार्फत मेडिकल तथा अन्य प्रयोजनका लागि हजारौँ रुपैयाँ बुझाएका छन् । यही वेला हस्तलिखित राहदानी नलिने निर्णय आउँदा कामदारहरू मारमा परेका छन् । सरकारले तत्कालै कदम चाल्नुपर्छ,' समस्याबारे ढाकास्थित नेपाली म्यानपावर व्यवसायीले त्यहाँस्थित दूतावासमा आइतबार अवगत गराएका थिए । 

नेपालले एक वर्षदेखि एमआरपी जारी गर्दै आएको छ । तर, त्यसअघि जारी भई दश वर्ष म्याद रहेका नेपाली हस्तलिखित राहदानी सन् ०१५ सम्म प्रयोग गर्न सकिने परराष्ट्र मन्त्रालये जनाएको छ । 

'सन् २०१५ सम्म म्याद भएका हस्तलिखित राहदानी प्रयोग गर्न सकिन्छ, त्यसमा कुनै शंका छैन,' परराष्ट्रअन्तर्गतको केन्द्रीय राहदानी कार्यालयका प्रमुख दीपक धितालले भने, 'साउदी अरेबियाले किन हस्तलिखित राहदानीलाई वैधता नदिने निर्णय गरेको हो, त्यसबारे हामी बुझ्नेछौँ ।' साभार:नयाँ पत्रिका

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
ठुला राजनैतिक दलहरु सत्ता र कुर्सीका जुकाहरु –आङ्गकाजी शेर्पा

एमाओवादी महाधिवेशन तयारी अन्तिम चरणमा, विधान मस्यौदा पारित

फागुनदेखि दुई रङका सिलिण्डर आउने

एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनद्धारा विद्यालय भवन उद्घाटन

१९९ डाक्टर लाइसेन्स परीक्षामा फेल

संसार ध्वस्त भयो त ?

सिडिओद्वारा महिलाको बिचल्ली

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate