www.nepalqataronline.com Thursday, 23rd May 2013
 
Ads
Literature
दुई शव्द्ध कवि कटुवालको सम्झनामा

Posted on: 2010-03-09 09:25:07
दुई शव्द्ध कवि कटुवालको सम्झनामा
[ दुई शव्द्ध कवि कटुवालको सम्झनामा ]

 

जब म हरिभक्त कटुवालको बारेमा सोच्न थाल्छु , भन्छु एउटा उदास अनुहार, केहि खोजेजस्ता आँखा मैलो कोट र पुरानो चप्पल लगाएको एक अधवैँशे मान्छे मुखमा चुरोट च्यापेर म तर्फ आईरहेको अनुभव गर्छु । त्यो गतिशील आकृति जतिजति नजिकिन्छ, म ठम्याउँदै जान्छु हरिभक्त कटुवाल भनेको यही हो ।

सडक कविता क्रान्तिको सहकर्मी कटुवाल
कविताबाट क्रान्ति आव्हान गर्ने कटृवाल
कवितालाई महलबाट सडकमा ओराल्ने कटुवाल

म अड्कल गर्छु , उ भर्खरै कुनै भट्टीबाट निस्केको छ । अँ , भट्टी । भट्टी वा रक्सी पसल चाहारेर हिँड्ने यो मान्छे साहित्यको एक शशक्त कवि हो । हरिभक्त जसलाई हामीले प्रवासबाट ल्यायौँ । यो देशमा टेकेपछि उसले आफ्नो प्रवासी उपनाम छाड्यो किनकि उ स्वदेश भित्री सकेको  थियो । ( त्यसो त महान् कवि कलाकार मानव मात्रका साझा सम्पदा हुन्, जसलाई हामी राजनीतिक भूगोलको परिधि भित्र खोज्छौँ, थाहा छैन यो राष्ट्रवाद हो वा के हो ? ) जो यो देशको माटो प्रतिको मायाले खिचिएर आयो । आयो राम्रै भयो ।
कवि आयो के छ र । एक पेट खान्छ , कविता लेख्छ । मनलागे पढदिए भयो , सुनिदिए भयो ।
रेशम कीरा जस्तै हो कवि , पाल्न पर्छ , फाईदै हुन्छ ।
कटुवाल जागीरे भयो प्रज्ञा प्रतिष्ठानमा वा भनौँ कविता कारखानामा । विद्धान साहित्यकारले जागीर खाने ठाउँ । कवि कटुवाल प्रज्ञा प्रतिष्ठानको विशाल भवनमा पस्यो, वस्न पायो, हुन सक्छ खुशीले रमायो । त्यही खुशियालीमा दुई चार प्याग लगायो । तर बिचरा हरिभक्तलाई के  थाहा, जीवन फलाउन फुलाउन चाकडी गर्नु पर्छ भनेर । चाकडी नै सफलताको सिंढी हो । चाकडी पनि कला हो । कविता लेखेर के पाईन्छ , चाकडी गरे सबै थोक पाईन्छ । उसले जानेन । पूर्खा स्वाभिमानी थिए भन्दैमा उसका सन्तान पनि स्वाभिमानी नै हुन्छन् भनी ठोकुवा गर्न सकिन्न । हरिभक्तले जी हजुर आज्ञाहोस् जस्ता गुनिला शव्द्धहरुको अभिप्राय बुझेन । हुन सक्छ , उसले बुझ पचायो । जे होस् उ व्यवहारिक भाषा विज्ञानमा कमजोर मात्र हैन निकम्मा ठहरियो । त्यसैले म फेरि दोहोर्याएर भन्छु फगत् त्यसैले टिप्पणी सदर भयो , हरिभक्त बदर भयो, हरिभक्त ढाक्रे भयो ।
उः मीठा मीठा गीत र कविता रक्सी संग साट्न थाल्यो । कविता बेच्यो, रक्सी किन्यो । (अँ, कविता र मदिरा दुवै तरलता ) उसले आफुले पियो अनि साथीभाईलाई पियायो । उ कविताको खोजीमा सडक गल्ली गल्ली धरमराउँदै हिँड्न थाल्यो । उसले थाहा पाएन , यो देशमा कविता महलका एअर कण्डिसन कोठामा बस्छिन् , तारे होटेलमा विमोचित हुन्छिन् अनि संकेत मात्र दिनुपर्छ , समीक्षकहरु लेखिएका मात्र होइन लेख्न बाँकी कृतिको समेत समीक्षा गरिदिन्छन् । अँ देश नै अचम्मको , जहाँ लेखक मुश्किलले २, ४ जना मात्र जन्मन्छन् र समीक्षक चाहिँ असिना परे जस्तै । अनि जहाँ मौलिक ग्रन्थकार भन्दा समीक्षकको भाउ चर्को छ । मानौँ लेख्न त के छ  जे लेखे पनि भयो, समीक्षा गर्न पो गाह्रो भनेझैँ ।
हेर्नोस् , ऊ त्यो परवाट ढलपल गर्दै आउने हरिभक्त कटुवाल हो । सायद आज धोवीखोलाको डेरा जान विर्सेछ , यतै कतै रात विताउने सुरमा छ , के छ र जीन्दगी ! के छैन र उसको ? आसाममा एउटी बुढी आमा, छोराछोरी र उसको प्रतिक्षामा बसेको एउटी भाग्यवती नारी छ जसको लोग्ने कविता उत्पादन गर्ने कारखाना भैदिएको छ । उसले पिएकै छ , मीठा मीठा गीत लेखेकै छ । हभिक्त र नारायण गोपाल एउटा पिउँछ र गीत लेख्छ , अर्को पिउँछ र गीत गाउँछ ।
पोखिएर घामको झुल्का भरी सँघारमा
हरिभक्त कटुवाल मीठो मीठो गीत लेख्छ , हरिभक्त कटुवाल खुव रक्सी खान्छ । सवैले थाहा पाए हरिभक्त कटुवाल ड्रङकार्ड हो , जड्याँहा हो , तर थोरैले थाहा पाए उ एक प्रतिभाशाली कवि पनि हो , स्वाभिमानी, राष्ट्रप्रेमी हो ।
नेपाल आगमनको करिव एक दशाव्दीमा उ पुरानो हुन्छ , जर्जर र जीर्ण हुन्छ वा भनौँ सर्भिसीङ्ग मात्र होईन रिपेअरिङ्ग पनि गर्नुपर्ने हुन्छ । तर यो नवीनताको युगमा कसले गरोस् बुढो पुरानोको मरमत ? उ थोत्रिन्छ । प्रयोजनहीन हुन्छ । अनि ऊ उछिट्टिएको आगोको फिलिङ्गो झैँ तीन शहरलाई अन्तिम विदाई दिँदै आसाम पुगेर सेलाउँछ । एउटा ज्योति जहाँ बल्यो त्यहिँ पुगेर निभ्छ । मन त फलामकै भए हुन्थ्यो भन्ने कविकै अनुशरण गरी भन्न मन लाग्छ शरीर त फलामकै भए हुन्थ्यो ।
हरिभक्त कटुवाल मर्यो , खबर छापिन्छ, साहित्यिक मित्रहरु बीच चर्चा हुन्छ । तर मलाई विश्वाश लाग्दैन । हरिभक्त मर्ने खालको मान्छे होइन । हरिभक्त मरेको छैन । यदि उ साँच्चै मरेको हो भने ( मरेर उ अमर भएको छ , कारण उसको जीवनमा अब मृत्यु दोहोरिने छैन । ) बत्तिहरु निभाऔँ र हामी सबै डाँको छोडेर रोऔँ , कहिँ आवाज सुनेर फर्केर आउँछकि ? एउटा मीठो गीत लेखी पठाउँछ कि ?  
 ( लेखक सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगर चितवनका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ । )

Other Articles
को आदिवासी, को अनादिवासी ?

दोस्रो विवाहको संस्कृति

उखरमाउले गर्मीलाईसगै छिचोलेको, यादमा हराउने आदत मेटाइदिए । एक अठोटी छाती जन्माएको छु । आफ्नै प्रयासमा । खाएको कसम साचो नहुने यही दुनियाकी केटी । म आफै प्रमाण हु ।

इस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना “रोजा” अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ ।

दश वर्षभन्दा बढी अवधी कतारमा विताई सकेका मध्येका नेपाली समुदायले दुईजना पूर्व राजदुतहरुको कार्यकालको इतिहास र समयलाई विर्सिहालेका छैनन् अझैपनि स्मरणमा ताजै राखेकाछन् । पूर्व राजदुतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले स्मरण र इतिहास छोडेर गएका छन् ।

लोकतन्त्रका चर्का चर्का कुरा गर्ने तर पत्रकारका लेख्ने कलम भाचिने अनि बोल्ने जिव्रो थुतिदिने प्रवृती कायम रहुञ्जेल सम्म कसरी लोकथतन्त्रको सस्थागत विकास हुन सक्छ ? राज्य यसमा कुरामा अब गम्भिर बन्ने की नबन्ने ??

हाम्रो विधानमा सार्क मुलुक बाहेक १ सय ८३ दिन नेपाल बाहिर बसेको नेपालीलाई एनआरएन भनिएको छ । त्यसैलाई आधार मानेर एनआरएनको परिभाषा गरिनु पर्छ । अन्यथा मध्यपूर्व र मलेशियामा रहेका धैरै साथीहरु एनआरएनएको मूल प्रवाहबाट बाहिर रहन सक्छन ।

एनआरएनए का प्रभावशाली व्यक्तित्वहरु अहिले संसारभरि नै नेपालमा लगानी भित्र्याउनका लागि एनआरएनहरुसँग अन्तरक्रिया गर्दै हिंड्नु भएको छ, यो एउटा राम्रो पक्षपनि हो । नेपालमा एनआरएनहरु कुरा मात्रै गर्छन् भन्नेहरुलाई जवाफ त भयो, तर कम्तिमा १/२ महिना अगाडि लगानीका कार्ययोजनाहरु पठाएर सम्बन्धित देशका एनआरएनहरुसँग अन्तक्रिया गर्ने निर्देशन आईसीसीले एनसीसीलाई गरेर मात्र यो लेवलको भम्रण हुँदा राम्रो हुने थियो, त्यसो नगरी हतारिंदा पछि हतार हतारको काम के....... भन्ने उखान नहोला भन्न सकिन्न ।


अहिले नेपालमा जातीय राज्यको विषय उठेजस्तै पृथ्वीनारायण शाहको समयमा काठमाडौँ, भादगाउ“, पाल्पा, बाइसे, चौबीसे, गोरखा, पाटन, सिम्रौनगढ, जुम्ला आदि जस्ता सानातिना राज्यहरु थिए । ती सबै राज्यहरुमा कुनै न कुनै जातको बाहुल्यता तथा प्रभाव रहेको थियो, जसले गर्दा ठूलो जात, सानो जात, मेरो संस्कृति र अर्काेको संस्कृति भन्ने प्रकारको भेदभाव रहेको थियो ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate