
नैतिकहिन नेताहरुले विगारेको नेपाल
Posted on: 2009-12-10 08:53:12
[ प्रेम लामा दोहा कतार ] नैतिकहिन नेताहरुले विगारेको नेपाल ।
यस्तै हो नेपालमा जहिले पनि नेपाली जनतालाई अँध्यारोमा राखेर आफनो स्वार्थ पुरा गर्ने मात्र काम गरिरहेका छन् नेताहरुले । एक दुईजना नेताहरु छन जो गरिव नेपाली जनताको लागि केही गर्न खोज्दा अगाडी बढ्न दिदैन । अहिले सम्म संविधान बनाउने तिर कसैको ध्यान गएको छैन सभासदहरु भत्ता खाएर मात्र बसेको देखिन्छ कति त वैंठकमा पनि उपस्थित भएको देखिदैन । सवै भन्दा पहिले कानून त नेताहरुको बारेमा ल्याउन जरुरी छ । नेताहरुमा न नैतिकता नै छ न त साझा समझदारी नै छ सवैमा स्वार्थवाद देखिएको छ ।
जनताले कति धेरै विश्वास गरेर संसादमा संविधान बनाउनको लागि चुनेर पठाएको सभासदहरु अहिले के गर्देछ त संविधानका खाका कोर्दे छ की काठमाण्डौको ठूला ठूला रेष्टुरेन्टमा वा डान्सबारहरुमा रमाईरहॆका छन् ।
एउटा पार्टी सत्तामा गएपछि त्यो भन्दा पहिलाको पार्टीले गरेको सम्पूर्ण कामहरु उल्टाईदिने अनि ठूला ठूला पदहरुमा आफनो नतेदारहरुलाई ल्याउने प्रवृति छ । देशको समस्यामा एक जुट कहिले हुँदैनन र भएनन । आफनो ब्यक्तिगत स्वार्थ हुन्छ भने सहमति गर्छन । देशमा महँगीले आकाश छुन लागिसक्यो तर नेताहरुले त्यस पक्षमा केही सोचेको छैन । ३००को ग्याँसलाई अहिले १५०० सय पुरयाएर नेपाली जनता कसरी बाँच्ने प्रेत्येक दैनिक उपभोग्य बस्तुको मूल्य तेब्बर बढेको छ । यस बारे सरकारको कुनै ध्यान गएको देखिदैनन । १०० रुपैयाँ बढाएर २ रुपैया घटाउने अनि गरीव जनतालाई महँगीको मारमा पर्ने प्रबृति छ ।
ब्यापारीहरुले समानहरु सबै गोदाममा राखेर बजारमा सामानको अभाव परि दोब्बर मुल्यमा विक्री गरिरहेको छ । त्यसमा सरकारले उचित रुपले कारार्वाही गरको देखिदैनन । नेपालको सरकार किन यति विना मौन छन र कार्वाही गर्न अगाडी बढदैनन । सायद अर्को चुनाव लडनको लागि पैसा मिल्दैन भनेर हो की चुनावमा लाखौ लाखौ खर्च गर्न ब्यापारीहरुबाट लिएको पैसा तिर्न नसकेपछि नेताहरुले यसरी ब्यापारीहरुको फाईदा र गरीव जनताहरुबाट कर असुलीको लागि गरेको यो कार्य देशको जनतालाई सायद थाहा कमैलाई नै थाहा होला । विदेशमा १ रुपैया बढयो भने कति दिन जनताले विरोध गरेर मूल्य बढन दिदैनन । देशमा दिनदिनै नेपाली पैसाको अवमूल्यन भैरहेको छ ।
देशका कुना कुनामा अस्तब्यस्त छ । तर नेताहरु संसद भवनमा कुस्ती खेल्छन नस्ररीको बच्चा जस्तो अनि यस्ता नेताले के नेपालको विकास गर्ला गरीव नेपालीका छोराछोरीले खुटटामा हाती छाप चप्पलसम्म लगौना पाएको छैन तर नेतको छोराहरु विदेशमा पढिरहेका छन् । अनि कार चढेर हिडछन । गरिवको छोरो छोरीहरु कुनै सरकारी स्कुलमा सम्म पढन पाउँदैनन । विना शिक्षा र विना ज्ञान कसरी अगाडी बढन सकिन्छ र आफनो शरिरलाई जाडोबाट बचाउन एक सरो लुगा लगाउन नसक्नेहरु छन् । बस्ने छाप्रोमा बनको स्याउलले छाएको छ जस्ता हाल्न नसकेर । तर नेताको घरमा सजिसज्जउ र भरिभराउ छ । जनताको घरमा खोले खाने पिठो छैन । नेताहरुको बैंक खातामा बैंक ब्यालेन्स छ जग्गा जमिन छ तर गरीव जनतको लागि बस्ने सानो झुप्रो पनि छैन । नेताको जस्तो बैंक ब्यालेन्स छैन । विदेशीले दिएको लाखौ लाखौ सहयोगहरु चुहावट भैरहेको छ । ठूला ठूला योजनाहरुमा ठेक्दारी र कमिसनको कारण अलपत्रमा परेको छ ।
कसरी हुन्छ देश विकास गरीव नेपाली जनताहरुले तिरेको पसिनाको कर र बैदेशिक रोजगारको रेमिटेन्सबाट देशको अर्थतन्त्र धानेको छ । यो कुरा सायद धेरै नेपालीहरुलाई थाहा छैन । के देशको ढुकुटीमा त्यसै पैसा माथिबाट आउँछ र पक्कै पनि आउँदैन । आउँछ त गरीव नेपालीहरुले तिरेको कर र बैदेशिक रोजगारीमा गएको नेपालीहरुले तिरको रेमिटेन्स हो । अझै पनि नेपालमा एक चोटी ठूलो क्रान्ति हुन आवश्यकता छ अनि मात्र नेपाली जनता अझ आफनो हक र अधिकारको बारेमा बुझने हुनेछ । २१ औ यूगमा पनि देशमा जिवनजल नपाएर कैयो नेपालीहरु मरे तर देशको नेताहरुलाई वास्ता समेत भएन । नेताहरु विदेशमा प्लेन चढेर यात्रा गरे ।
अव नेता हुनालाई कम्तीमा पनि आई।ए पास गरेका नेपालको सामाजिक भौलिक आर्थिक धार्मिक र कानूनवारे राम्रो सँग बुझेकालाई मात्र नेता बनाएमा सायद देशको विकास केही गर्ला की नेतालाई देशको बारेमा जनता नैतिकता समाज अर्थ बारे राम्रो ज्ञान दिनु पर्छ । हाम्रो देशमा नेताहरु धेरै भए । भाषाण गर्ने धेरै भए तर काम गर्ने र काम लाग्ने थोरै मात्र छन् । औठ छाप पनि नेता डाँका पनि नेता दुई नम्बरी गर्ने पनि नेता नेपालमा नेतै नेता भए तर सवै जना काम नलाग्ने नेता भए ।
प्रेम लामा
दोहा कतार
premklama@yahoo.com
Other Articles
को आदिवासी, को अनादिवासी ?
दोस्रो विवाहको संस्कृति
उखरमाउले गर्मीलाईसगै छिचोलेको, यादमा हराउने आदत मेटाइदिए । एक अठोटी छाती जन्माएको छु । आफ्नै प्रयासमा । खाएको कसम साचो नहुने यही दुनियाकी केटी । म आफै प्रमाण हु ।
इस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना “रोजा” अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ ।
दश वर्षभन्दा बढी अवधी कतारमा विताई सकेका मध्येका नेपाली समुदायले दुईजना पूर्व राजदुतहरुको कार्यकालको इतिहास र समयलाई विर्सिहालेका छैनन् अझैपनि स्मरणमा ताजै राखेकाछन् । पूर्व राजदुतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले स्मरण र इतिहास छोडेर गएका छन् ।
लोकतन्त्रका चर्का चर्का कुरा गर्ने तर पत्रकारका लेख्ने कलम भाचिने अनि बोल्ने जिव्रो थुतिदिने प्रवृती कायम रहुञ्जेल सम्म कसरी लोकथतन्त्रको सस्थागत विकास हुन सक्छ ? राज्य यसमा कुरामा अब गम्भिर बन्ने की नबन्ने ??
हाम्रो विधानमा सार्क मुलुक बाहेक १ सय ८३ दिन नेपाल बाहिर बसेको नेपालीलाई एनआरएन भनिएको छ । त्यसैलाई आधार मानेर एनआरएनको परिभाषा गरिनु पर्छ । अन्यथा मध्यपूर्व र मलेशियामा रहेका धैरै साथीहरु एनआरएनएको मूल प्रवाहबाट बाहिर रहन सक्छन ।
एनआरएनए का प्रभावशाली व्यक्तित्वहरु अहिले संसारभरि नै नेपालमा लगानी भित्र्याउनका लागि एनआरएनहरुसँग अन्तरक्रिया गर्दै हिंड्नु भएको छ, यो एउटा राम्रो पक्षपनि हो । नेपालमा एनआरएनहरु कुरा मात्रै गर्छन् भन्नेहरुलाई जवाफ त भयो, तर कम्तिमा १/२ महिना अगाडि लगानीका कार्ययोजनाहरु पठाएर सम्बन्धित देशका एनआरएनहरुसँग अन्तक्रिया गर्ने निर्देशन आईसीसीले एनसीसीलाई गरेर मात्र यो लेवलको भम्रण हुँदा राम्रो हुने थियो, त्यसो नगरी हतारिंदा पछि हतार हतारको काम के....... भन्ने उखान नहोला भन्न सकिन्न ।
अहिले नेपालमा जातीय राज्यको विषय उठेजस्तै पृथ्वीनारायण शाहको समयमा काठमाडौँ, भादगाउ“, पाल्पा, बाइसे, चौबीसे, गोरखा, पाटन, सिम्रौनगढ, जुम्ला आदि जस्ता सानातिना राज्यहरु थिए । ती सबै राज्यहरुमा कुनै न कुनै जातको बाहुल्यता तथा प्रभाव रहेको थियो, जसले गर्दा ठूलो जात, सानो जात, मेरो संस्कृति र अर्काेको संस्कृति भन्ने प्रकारको भेदभाव रहेको थियो ।