www.nepalqataronline.com Wednesday, 22nd May 2013
 
Ads
Literature
कतारमा स्थापित संघ-संस्था र दायित्व

Posted on: 2010-10-23 00:20:11
रामहरी गैह्रे
[ रामहरी गैह्रे ]

रामहरी गैह्रे
दोहा-कतार
Email : hari22_sharma@yahoo.com

करीव-करीव २ दशक लामो वैदेशिक रोजगारको इतिहास वोकेको कतार नेपालीका लागि महत्वपूर्ण गन्तव्य बनेको विषय कसैलाई नौलो होइन । वैदेशिक रोजगारवाट प्राप्त विपे्रषणले देशलाई आथ्ािर्क व्ययभारको महत्वपर्ूण्ा योगदान पुर्याएको यथार्थ हामी वीच रहेको छ । यसै सर्न्दर्भको सेरोफेरोमा रहेर कतार र कतारका नेपाली श्रमिक दाजुभाई अनि तिनै दाजुभाईको सहभागिता र सहकार्यवाट भैरहेको सामजिक क्रियाकलाप आज हामी कतारमा प्रष्ट देख्न पाउछौँ । यदि तपाईँले आफूलाई कुनै पनि प्रकारको समाज सेवामा आफुलाई समपर्ण्र्ााराउनु भएको छ भने पक्कै पनि इतिहासले तपाईलाई भुल्ने छैन । विविध कारण र परिस्थितिले तत्काल प्रत्यक्ष परिणाम वेग्लै हुन सक्छ तर इतिहासले असल पात्रको अभिलेखमा तपाईलाई पक्कै पनि सूचिकृत गर्नेछ ।

निस्वार्थ र हितकारी ढंगले गरिएका हरेका सेवामुलक कार्यहरुको र त्यसका लागि दिईने योगदानको, समयले सहि मुल्याङ्गन गर्नेछ । हरेक मानवको महत्वकाँक्षा आफू समृद्ध र सम्पन्न हुने विषयमा केन्द्रीत रहन्छ र यो विषय वैदेशिक रोजगारमा रहनेहरुमा केही बढी नै हुन्छ । हाम्रो जस्तो अल्प विकसित मुलुकको सामाजिक परिवेशबाट विल्कुलै नयाँ परिवेशमा आफूलाई स्थापित गराउन र आफ्ना इच्छाहरुलाई पूरा गर्दै लैजाने क्रममा हामी आज कयौं कि.मी. दुरी मा छौंँ । आफ्ना व्यक्तिगत आवश्यकताहरु पर्ूर्ति गर्दै, आफ्नो व्यस्तताका वावजुद पनि नेपालीहरुका कतारमा १० औं दर्जन सामाजिक संघसंस्थाहरु क्रियाशील रहेका छन् । कतारमा रहने नेपालीहरुको ठूलो हिस्सा यी संस्थाहरुमा संगठित रहेका छन् । यी संघ-सस्थाहरु जिल्ला, गाविस, वार्ड र टोलस्तरीदेखि केन्द्रीयस्तरसम्म आफ्नो प्रभाव देखाउने र विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएका छन् । यसै प्रसङ्गमा आदिकवी भानुभक्तको यो पङ्तीले हामीलाई केही सामाजिक कार्यगर्न प्रेरित गर्दछ-"घाँसी दर्रि्र घरको तर वुद्धि कस्तो मो भानु भक्त भै कन किन आज यस्तो" । वास्तवमा, हामीले आफ्नो मुलुक र समाजका लागि फलदायी कार्यहरु जहाँ रहेपनि गर्न सक्छौँ । यसको ज्वलन्त उदाहरणहरु यी संघसस्थाले दिइरहेका छन् । आपद विपदमा गरिने न्यूनतम आर्थिक सहयोगदेखि, स्कुल, अस्पताल, एम्बुलेन्स र वृद्धाश्रमहरुको निर्माणमा समेत यी संघसंस्थाहरुले महत्वपर्ूण्ा योगदानमा आफूलाई समाहित गरेका छन् ।

समाज आफैमा गलत कहिल्यै पनि हुन सक्दैन । जसरी आलुको बोरामा रहेको एउटा कुहिएको आलुले सारा आलु कुहाउन सक्छ त्यसरी नै यस्ता पवित्र उद्देश्य राखेर क्रियाशील सामाजिक संस्थामा रहेका केही विकृत मानसिकता र निकृष्ट स्वार्थ बोकेका व्यक्तिहरुकोे हस्तक्षेप र संलग्नताले यस्ता सामाजिक संघसंस्थाहरुको छविमा दागलाग्ने प्रसस्त संभावना हुन्छ । यसो भएका धेरै घट्नाहरुका अभिलेख समेत रहेका छन् । राम्रा कार्यगरिरहेका त्यस्ता संघ संस्थाहरुपनि यस्तो घट्नाको शिकार भएका छन् । यस्ता कार्यले र्सबसाधारणमा विचलन ल्याउछ र सामाजिक संघसंस्थाको गलत परिभाषा लाग्न जान्छ ।


कतारमा कार्यरत र तिनै श्रमिकहरुको सहभागितामा गठित विभिन्न सामाजिक संघसस्थाका कार्यकर्ताहरु फर्ुसदका वेला कतारको जेद्वापार्क , नेशनल वरपरका एरिया, अलअतियाका वरपर क्षेत्र, होमसाइड, अलाखोर , रास्लाफान, आदि आदि क्षेत्रहरुमा भालाकुसारी गरिरहेका भेटिन्छन् त्यतिमात्र होइन केहि होटलहरुमा समेत नेपालीहरुको वाक्लो उपस्थित रहेको देख्न सकिन्छ । यिनै नेपालीका भावनालाई समाजमा पस्कन कतारवाटै प्रकाशन हुने हाम्रो आफ्नै मौलिकता वोकेका नेपाली पत्रकार राजधानीका आदरणीय दिपक पौडेल, कान्तिपुरका दिनेश रेग्मी , नेपाल कातार अनलाईनका रवि भट्ट  र उहाँहरुका सहयोगीहरु हातमा क्यामेरा र डाइरी लिएर सदैव समाचार संकलनका लागि तत्पर देखिनुहुन्छ । उहाँहरुप्रति म व्यक्तिगतरुपमा हृदयबाटै सम्मान प्रकट गर्न चाहन्छु जस्ाले नेपाली समाजको पहिचानलाई सँधै उच्च राख्न महत्वपर्ूण्ा सहयोग , सद्भाव पोख्नु भएको छ तपार्ँइहरुको कलम सदैव नेपाली समाज उत्थानका लागि चलिरहोस भन्ने मेरो कामना छ ।
कतारमा कार्यरत नेपाली र उनिहरुको मौलिकतामा संचालन भएका संघ संस्था आज त्यतिकै सम्मानित छन् त्यतिकै उदाहरणीय छन् । चाहे जातीय अस्तित्वका लागि किन नहुन , धर्म र संस्कृतिका लागि किन नहुन वैचारिक वहसका लागि चौतारी वनाएका किन नहुन , भाषा र संस्कृतिका लागि किन नहुन अभियान आफैमा सम्मानित छ । कतारमा रहेका १० दर्जन संगठित वा असंगठित संस्थाहरुहो रुपरेखा नेपाली नियोगमा दर्ता भएका छन् । दुतावासमा सुचिकृत भएका सवै संस्थाहरुको साझा कार्य श्रमिक सहयोगी र नेपाली नियोग र नेपाली समुदायवीचको भाईचाराको सम्वन्ध विस्तार गर्नु नै हो । दुतावासको चाहना पनि त्यही जुन स्थानमा दुतावासको नजरले कहि कतै भ्याउन सकेन भने दुतावासको सहयोगीको रुपमा कार्य गर्नु र दुतावासलाई सहयोग पुर्याउने कार्य नेपाली संघ-संस्थाको हुनु पर्दछ । यहाँ स्थापित भएका समाजका आ-आप्fm्नै पृष्ठभुमि भएका छन तर समग्रमा सवैको एउटै साझा लक्ष्य नेपाली श्रमिकका साझा भावनामा केन्द्रीत रहँदै नेपाल र नेपालीको साझा पहिचानलाई विश्व सामु उदाहरणीय कार्य प्रस्तुत गर्नु नै हो यसका लागि सवै क्षेत्रवीच एकता रहनु पनि त्यतिकै जिम्मेवारी पनि रहने गर्दछ ।

वर्तमान परिस्थितिमा भारतभन्दा वाहेका मुलुकमा नेपालीहरुको उपस्थिति २५ लाखभन्दा माथिको संख्यामा रहेको छ । तर पनि जुन हिसावले नेपालको वैदेशिक रोजगार व्यवस्थित र मर्यादिन वन्नु पर्दथ्यो त्यसो हुन सकेन यसका पछी पक्कै पनि सरकार र सरकोकारवालाको कमजोरी हो भन्नुमा कसैमा पनि दर्ुइमत हुन सक्दैन । हामी सरर्सर्ती अनुमान लगाउने हो भने नेपालको कुल जनसंख्याको झण्डै ८ प्रतिशत नेपालीहरु विश्वको श्रम वजारमा व्याप्त छन् । भन्नर्ुपर्दा परिवारको जिम्मेवार सदस्यको हैसियतले विश्व वजारमा उदाएका नेपाली श्रमिक देश र जनतालाई राम्रोसंग नियाल्ने हैसियत वोकेका छन् तर पनि यो शtmिलाई एकातिर राज्यले उपेक्षा गरेको छ भने अर्कोतिर उनिहरुप्रति मानसिक निरासाको वातावरणले शिथिल बनाएको पाइन्छ जसका कारण नेपाली समाजको समय सापेक्ष सामाजिक परिवर्तनमा खासै उलेख्य सफलता नपाएका उदाहरणहरु छन् । यति मात्र होइन हामि सवैले विदेशमा आर्जित शीप र दक्षतालाई स्वदेशमा रुपान्तरण गर्ने अवसर भएमा निश्चय नै सफल समाज बन्ने सत्यता हाम्रो सामु विद्यमान छ । विशेषत खाडि र मलेशियमा कार्यरत श्रमिक नेपालीहरुले साच्चै नेपालको वैदेशिक रोजगारका व्यवहारिक नीतिलाई सफल वनाउने हो र हाम्रा सामू देखापरेको चुनौतिलाई सामाना गर्नेतर्फलाग्ने हो भने हामि सवै सिङ्गो नेपाली समुदाय मुलुकप्रति जिम्मेवार नाागरिक बनी हाम्रो समाज उत्थानमा लाग्न सकिन्छ । धन्यवाद ।

Other Articles
को आदिवासी, को अनादिवासी ?

दोस्रो विवाहको संस्कृति

उखरमाउले गर्मीलाईसगै छिचोलेको, यादमा हराउने आदत मेटाइदिए । एक अठोटी छाती जन्माएको छु । आफ्नै प्रयासमा । खाएको कसम साचो नहुने यही दुनियाकी केटी । म आफै प्रमाण हु ।

इस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना “रोजा” अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ ।

दश वर्षभन्दा बढी अवधी कतारमा विताई सकेका मध्येका नेपाली समुदायले दुईजना पूर्व राजदुतहरुको कार्यकालको इतिहास र समयलाई विर्सिहालेका छैनन् अझैपनि स्मरणमा ताजै राखेकाछन् । पूर्व राजदुतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले स्मरण र इतिहास छोडेर गएका छन् ।

लोकतन्त्रका चर्का चर्का कुरा गर्ने तर पत्रकारका लेख्ने कलम भाचिने अनि बोल्ने जिव्रो थुतिदिने प्रवृती कायम रहुञ्जेल सम्म कसरी लोकथतन्त्रको सस्थागत विकास हुन सक्छ ? राज्य यसमा कुरामा अब गम्भिर बन्ने की नबन्ने ??

हाम्रो विधानमा सार्क मुलुक बाहेक १ सय ८३ दिन नेपाल बाहिर बसेको नेपालीलाई एनआरएन भनिएको छ । त्यसैलाई आधार मानेर एनआरएनको परिभाषा गरिनु पर्छ । अन्यथा मध्यपूर्व र मलेशियामा रहेका धैरै साथीहरु एनआरएनएको मूल प्रवाहबाट बाहिर रहन सक्छन ।

एनआरएनए का प्रभावशाली व्यक्तित्वहरु अहिले संसारभरि नै नेपालमा लगानी भित्र्याउनका लागि एनआरएनहरुसँग अन्तरक्रिया गर्दै हिंड्नु भएको छ, यो एउटा राम्रो पक्षपनि हो । नेपालमा एनआरएनहरु कुरा मात्रै गर्छन् भन्नेहरुलाई जवाफ त भयो, तर कम्तिमा १/२ महिना अगाडि लगानीका कार्ययोजनाहरु पठाएर सम्बन्धित देशका एनआरएनहरुसँग अन्तक्रिया गर्ने निर्देशन आईसीसीले एनसीसीलाई गरेर मात्र यो लेवलको भम्रण हुँदा राम्रो हुने थियो, त्यसो नगरी हतारिंदा पछि हतार हतारको काम के....... भन्ने उखान नहोला भन्न सकिन्न ।


अहिले नेपालमा जातीय राज्यको विषय उठेजस्तै पृथ्वीनारायण शाहको समयमा काठमाडौँ, भादगाउ“, पाल्पा, बाइसे, चौबीसे, गोरखा, पाटन, सिम्रौनगढ, जुम्ला आदि जस्ता सानातिना राज्यहरु थिए । ती सबै राज्यहरुमा कुनै न कुनै जातको बाहुल्यता तथा प्रभाव रहेको थियो, जसले गर्दा ठूलो जात, सानो जात, मेरो संस्कृति र अर्काेको संस्कृति भन्ने प्रकारको भेदभाव रहेको थियो ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate