www.nepalqataronline.com Friday, 24th May 2013
 
Ads
Information
एनआरएनए–एनसीसी कतारको परिषद भेला वारे सूचना ।


एनआरएनए–एनसीसी कतारको तेश्रो परिषद भेला यहि आउने अप्रिल २२ तारिख शुक्रवारका दिन आयोजना हुने भएको सहर्ष जानकारी गराउन चाहन्छौं । आसन्न परिषद वर्तमान कार्यकालको अन्तिम परिषद भेला भएको पनि सम्पुर्ण परिषद सदस्यहरुलाई अवगत गराउदछौं । त्यसैले एनआरएनए–एनसीसी कतारको परिषद सदस्यहरु सबैलाई निम्न उल्लेखित कार्यक्रम तालिका अनुसार परिषद भेलामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । साथै मौजुदा निर्देशिकामा केहि दफाहरु संशोधन गर्नु पर्ने भएकोले यहा“हरुको सल्लाह र सुझावहरु निम्न ईमेल ठेगानामा पठाई दिनु भई सहयोग गरि दिन पनि हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रमः
मितिः २२ अप्रिल, २०११ शुक्रवार ।
समयः दिनको ठीक १२ः३० बजे ।
स्थानः छिट्टै जानकारी गराईने छ ।
छलफलका विषयहरुः
 
१) उपस्थिति ।
२) आसन ग्रहण तथा कार्यक्रम उद्घाटन ।
३) कार्यक्रम वारे जानकारी तथा स्वागत ।
४) सांगठानिक प्रतिवेदन प्रस्तुत ।
५) आर्थिक प्रतिवेदन प्रस्तुत ।
६) प्रस्तुत प्रतिवेदनहरु उपर छलफल र अनुमोदन ।
७) निर्देशिका संशोधन प्रस्ताव,
८) निर्देशिका उपर छलफल र पारित ।
९) तेश्रो महादिवेशनको मिति तय र निर्वाचन समिति गठन ।
१०) विविध ।
११) अतिथिहरुको मन्तव्य ।
१२) सभापतिको मन्तव्य र सभा विसर्जन ।
 
ईमेलः

nrnancc.qatar@gmail.com, bil.gurung@gmail.com, thekranti@gmail.com / prem_kumar_qa@yahoo.com

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार ।



More Informations
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate