ग्रीसमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा गिओर्गोस पापान्द्रेउको समाजवादी पासोक पार्टी विजयी भएको छ।
थाइल्याण्डमा एक यात्रु बाहक रेल दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।
एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले वर्तमान सरकार ढलेको घोषणा हुन मात्र बाँकी रहेको दाबी गर्नुभएको थियो।
प्रधानमन्त्री माधवकुमार नेपालले आज काभ्रेको बनेपास्थित कायस्थको निवासमा उहाँसँग भेटका क्रममा उक्त कुरा बताउनुभएको हो।
हामी एउटा हातमा सहमती र अर्को हातमा आन्दोलनलाई लिएका छौ, यदि तिहार अघि राष्ट्रपतिको कदमबारे छलफल नभए निर्णायक आन्दोलन हुन्छ।
एनआरएनए-एनसीसी कतारले मृगौला रोगीहरुद्वारा सहयोग गर्न गरिएको अपिलका आधारमा डेढ वर्षीय शनिप सुनुवार र २० वर्षीय गौरव कटुवाललाई उपचारमा सहयोग पुर्याउन आर्थिक सहयोग गरेको समाचार प्राप्त भएको छ ।
अज्ञात समूहले पर्सामा सोमबार बिहान र रुपन्देहीको दक्षिणी क्षेत्र बोगडी गाविसमा आइतबार राति दुई युवाको हत्या गरेका छन।
आइतबार राती हतियारधारी समूहले चार वटा सवारी साधनामा लुटपाट गरेको छ।
भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या बढेर एक सय नब्बे जना पुगेको छ।
अफगानिस्तानको नुरिस्तान प्रान्तमा आदिबासी लडाकुसँग भएको भिडन्तमा परी कम्तिमा आठजना अमेरिकी सैनिक र दुइजना अफगानी सैनिक मारिएका छन।
नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुमा नोट पठाउन थालेको छ।
भारतको पूर्वोत्तर राज्य असममा भएको गोलीकाण्डमा एघार जनाको मृत्यु भएको छ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीको घरमा भेटवार्ता भएको छ।
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिको नाममा माओवादीलाई झुकाउन खोजेको आरोप लगाउनुभएको छ ।
३ अक्टुबर, २००९ / बेलायत- विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको एक मात्र साझा छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) को चौथो विश्व सम्मेलन यही १३ अक्टोबरदेखि १५ अक्टोबरसम्म नेपालको राजधानी काठमाडौमा हुने भएपछि विश्वभरका एनआरएनहरु नेपालतिर ओइरिन थालेका छन्।
काठमाडौं, असोज १८- सत्ता साझेदार कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्तावमा प्रमुख विपक्षी एकीकृत माओवादीले असन्तुष्टि जनाएपछि त्रिदलीय बैठकमा सहमति जुट्न सकेन। शनिबारको वार्तामा माओवादीले राष्ट्रपतिको कदम कुनै न कुनै हिसाबले सम्बोधन हुनुपर्ने अडान राखेको छ।
एकीकृत माओवादीबाट बाहिरिएर नेकपा माओवादी खोलेका मातृका यादवले तराईका सशस्त्र समूहसँग कार्यगत एकता गर्न आफैले पहल गरिरहेको खुलासा गरेका छन।

प्रवासी नेपाली संपर्क मञ्च दोहा कतारले आफ्नो पाँचौ दशै मिलन समारोह सन्हैयाको न्यू माउन्टेन रेष्टुरेन्टमा "सांस्कृतिक रुपान्तरण प्रवासीहरुको मूल अभियान,संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नको लागी नयाँ संविधान" भन्ने मुल नाराका साथ संपन्न गरेको छ।
धरान, आश्विन १४ - भिक्टोरिया चोक नजिकै एक चर्चमा मंगलबार राति दुर्घटना हुँदा चार बालबालिका सहित २३ जनाको मृत्यु भएको छ । राति साढे ११ बजे सियोन प्रार्थना भवनमा आयोजित पवित्र सम्मेलनका लागि बनाइएको बाँसको अस्थायी तीन तले टहरा भत्किए पछि दुर्घटना भएको हो ।

नेपाल प्रवासी तामाङ समाज कतारले मुस्लिमहरुको इद पर्वको बिदालाई उपयोग गर्दै वनभोज कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा कतारस्थित विभिन्न क्षेत्रमा छरिएर रहेका तामाङहरुसंग भेटघाट तथा परिचय आदन प्रदानको साथै भाइचाराको हात अगाडि बढाएको छ ।
भरतपुर- , २०६६ आश्विन ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै दलसंग सहमतिमा पुगेर संविधान निर्माण र लडाकु व्यवस्थापन सुरु गरिने बताएका छन् । शुक्रबार गैंडाकोटमा आयोजित पत्रकार भेलामा उनले भने-'हिजो गिरिजाबाबु, इश्वर पोखरेलसंगको फोन बार्ताले सहमतिमा पुग्न धेरै सहज बनाएको छ ।'
किरात राई यायोक्खा शाखा कतारको तेस्रो साधारण सभा अक्टोवर ३० मा हुने भएको छ । यस शाखाको गत आईतवार वसेको संस्थाको नियमित वैठकले सो कुराको निर्णय गरेको कुरा अध्यक्ष चन्द्रशेर राईले वताउनु भएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले विश्वका विभिन्न नेताहरुसँग भेट गरेका छन। संयुक्त राष्टसंघको ६४ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री नेपालले बुधबार र बिहीबार ती भेटहरु गरेका हुन।
नेपाल राष्ट्र बैंकले दशैं विदाका दिनमा पनि सबै तथा वित्तीय संस्थाहरुलाई नोट उपलब्ध गराउने भएको छ । गभर्नर विजयनाथ भट्टराईले नोट संकट गहिरिदै गएपछि बिहीबार सबै वाणिज्य बैंकका प्रमुखहरुलाई बोलाएर गरेको छलफलपछि सो निर्णय लिइएको हो ।
राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनरत एकीकृत नेकपा माओवादीले संसद सुचारु गर्नका लागि संविधान संशोधनको नयाँ विकल्प अघि सारेको छ।
इण्डोनेशियाको जाभाद्धिपमा शंकास्पद विद्रोही विरुद्ध प्रहरीले गरेको कारवाहीमा कम्तिमा चार जना मारिएका छन्।
भारतमा स्वाइन फ्लुका कारण मृत्यु हुनेको संख्या दुई सय नाघेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओवादीले सदन र सडकबाट सुरु गरेको आन्दोलनको कुनै अर्थ नभएको बताउनु भएको छ।
सशस्त्र हतियार धारी समूहले गोली प्रहार गरी बुधबार राती महोत्तरीमा एक सुनचाँदी पसलमा काम गर्ने मजदुरको हत्या गरेको छ।
तराइमा सशस्त्र आन्दोलनरत जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वालासिंह समुहले छत्तिस दिनका लागि युद्धविरामको घोषणा गरेको छ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी सञ्चयकोषलाई ऋण लगानी गर्दा सचेत भएर लगानी गर्न निर्देशन दिनुभएको छ।
प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले जारी राखेको संसद्को गतिरोध अन्त गर्न प्रमुख तीन दलबीच बैठक आज पनि बस्ने भएको छ ।
माओवादीको विरोधको बाबजुदपनि प्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन विश्व विद्यालयको दिक्षान्त समारोहमा उपस्थित हुनुभएको छ। माओवादी कार्यकर्ताहरुले कार्यक्रम स्थलमै पुगेर प्रधानमन्त्रीविरुद्ध कालोझण्डा प्रदर्शन गरेका थिए।
सुनसरीको राजगन सिनवारीमा डाँका र स्थानीयबासीबीच भीडन्त भएको छ। भीडन्तमा दुई जना स्थानीय बासीको मृत्युभएको छ।
संसदमा जारी अबरोध खुलाउन प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ।
अमेरिकी उपराष्ट्रपति जोए बाइडेन इराक भ्रमणका क्रममा राजधानी बगदाद पुग्नुभएपछि त्यहाँ सयौं मोर्टार र रकेट प्रहार भएका छन्।
भुतपूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशलाई जुत्ताको झटारो हान्ने इराकी पत्रकार मुन्तदर अल जैदी जेल मुक्त भएका छन्।
दशैमा आपुर्ति व्यवस्था असहज हुननदिन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै जानुपर्ने बताउनुभयो।
मन्त्रिपरिषद्को बैठकले संसदको गतिरोध एवं एकीकृत माओवादीको आन्दोलनलाई सम्बोधन गर्न हदैसम्मको लचकता अपनाउने निर्णय गरेको थियो।
अखिल नेपाल पसल मजदुर संघ अन्तर्गतका मजदुरहरुले गरेको तोडफोडका कारण ललितपुरस्थित सेलवेज डिपार्टमेन्ट स्टोर क्षतिग्रस्त भएको छ
नेपाल कम्युनिष्ट पार्टी एमालेले राज्य पुर्नसंरचना गर्दा भौगोलिक परिस्थिती, भाषिक र सास्कृतीक पक्षलाई आधार बनाइनु पर्ने अवधारणा अघि सार्ने भएको छ।
कार्यक्रमको प्रारम्भमा आदिबासी राष्ट्रिय गीत गाएको थियो । नमस्ते युरो टुर २००९ का नेपालका ख्याती प्राप्त कलकार हरु रोज मोक्तान, अभिनास घिसिङ, मिङमा शोर्पाको साथमा स्थानिय कलाकारहरुको प्रमुख आकर्षणले दर्शकहरु अतिनै आतुर देखिन्थे ।
एनआरएन बेल्जियम आइसीसी सदस्य पदको लागि भएको निर्वाचनमा नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक सगंठनका अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन ।
आफ्नो आणविक कार्यक्रममाथिको चासोलाई शान्त पार्न ल्याएको पछिल्लो प्रस्तावहरूमा आगामी महिना विश्वका शक्ति राष्ट्रहरूसँग वार्ता गर्न इरान मङ्गलबार सहमत भएको छ ।
अन्तरराष्ट्रिय आणविक उर्जा एजेन्सीले मङ्गलबार आफ्नो वार्षिक साधारणसभामा जापानका युकिया अमानोलाई औँपचारिकरूपमा नयाँ प्रमुखको रूपमा नियुक्त गरेको छ ।
राष्ट्रपति रामवरण यादव सामुदायिक वनको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न पोखरा पुग्नुभएको छ।
उत्तरी अमेरिका तर्फ जाँदै गरेको विमानमा तरल विष्फोटक पदार्थ राखेको आरोप लागेका तीन जनालाई अठ्ठाइस देखि चालिस वर्ष सम्मको कारावास सजायँ सुनाएको छ।
दक्षिणी सोमालियामा अमेरिकाको विशेष सुरक्षा फौजले हेलिकोप्टरबाट गरेको कारवाहीमा कुख्यात आतंकवादी सालेह अलि सालेह नभान मारिएका छन्।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई दबाउन खोजिए रोल्पाबाटै पुनः हतियार उठाउने चेतावनी दिनुभएको छ।