चितवनको कवीलास एक जुगेडीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन।
विश्वकै सवैभन्दा ठुलो पानीजहाज पुस्तक मेला ‘लोगोस होप’ छिट्टै कतारमा पनि आइपुग्ने भएको छ ।
गत ४ फरवरीमा कतारमा भएको एक सडक दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ ।

नेपाली राष्ट्रिय पर्व होलीलाई कतारमा पनि सांस्कृतिक समारोहका साथ मनाइने भएको छ ।
बैदेशिक रोजगारीको सुनौलो सपना बोकेर कतार छिरेका सर्लाही हरिवन–९ का ईश्वर बहादुर विक रुदै कराउँदै दुतावासको शरणमा पुगेका छन् ।
सात बुंदे सहमति परिमार्जन सहित पारित गरेको एमाले पोलिटव्यूरो समितिको निर्णयलाई आज बस्ने केन्द्रिय समितिको बैठकले अनुमोदन गर्ने भएको छ ।
ट्याक्टरबाट खसेर चितवनमा गएराति १ जनाको मृत्यू भएको छ । गितानगरबाट पकौडी तर्फ जादै गरेको मे १ त १९४१ नम्बरको ट्याक्टरको ढालाबाट खस्दा पार्वतिपुर ८ बस्ने ६५ बर्षिय लाहुरे कान्छाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आइसीसी विश्वकप २०११ अन्र्तगतको आफ्नो पहिलो खेलमा विजयी शुरुवात गरेको छ ।
अफ्रिकी राष्ट्र मालीमा एक धार्मिक कार्यक्रममा भागदौड हंदा भीडले किचिएर कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
पारिवारिक, आर्थीक, सामाजिक, अपाङ्गता, भौगोलिक लगायतका कारण म्याग्दीका अपाङ्ग वालवालिकाहरूमध्ये ३३ प्रतिषत वालवालिका अझैसम्म विद्यालयको पहुँचसम्म पुग्नसकेका छैनन् ।
मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
धनगढिबाट बिराटनगर जादै गरेको रात्रि बस बाराको पथलैया निजगढ सडकखण्ड अन्तर्गत १४ किलो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुदा २० जना घाईते भएका छन् ।
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार बस्ने भएको छ ।
काठमाडौको मित्रपार्कमा सोमबार बिहान पानी ट्याङ्करको ठक्करबाट दुईजना गम्भीर घाईते भएका छन् ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उपाध्यक्षद्वय मोहनबैद्य किरण र डा. बाबुराम भट्टराई लगाएतका माओबादी नेताहरु आज नेपालगञ्ज जाँदै हुनुहुन्छ ।
मन्त्री मण्डल विस्तार र सात बुँदे संझौता कार्यान्वयनको विवाद मिलाउने विषयमा छलफल गर्न एमाले पोलिट व्यूरो बैठक आज बस्दै छ ।
संविधान सभा राज्यव्यवस्था समितिको बैठक आज बस्दै छ ।

"साहित्यक बनभोजमा सहभागी बनौ ,नेपाली भाषा र साहित्यलाई माया गरौं" भन्ने मुल नाराका साथ साहित्यक बनभोज शुक्रबार सम्पन्न भएको छ ।
चालक कुटपीटको विरोधमा यातायात मजदुरले आज दोश्रो दिन पनि इलाम बन्द गराएका छन् ।
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् सभासद गौरीशंकर खड्काको आज विहान निधन भएको छ ।
बीरगन्जको मेनरोड नजिकै आज बिहान एक युवकको बेवारिसे शव फेला परेको छ ।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरको बा“डेगाउ“ स्थित सरकारी निवासको पर्खाल पुननिमार्णको क्रममा भत्किएर ३ मजदुरको मृत्यु भएको छ ।
लिबियामा हिंसात्मक बन्दै गएको सरकारविरोधी प्रदर्शन झन् उग्र बन्दै गएको छ ।
दोस्रो एसीसी महिला ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो खेलमा जीत हात पार्दै सेमिफाइनल यात्रा पक्का गरेको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ दिनदेखी लागेको तालाबन्दी खोल्न आज पनि सर्वपक्षीय वार्ता हुदैछ ।
आन्तरिक विवादका कारण नेकपा एमालेको पोलिटब्यूरो बैठक एकदिन पर सरेको छ
मधेसी जन अधिकार फोरम नेपालको केन्द्रिय समितीे बैठक आज बस्दै छ ।
काठमाडौंको भिमसेनगोलामा यात्रुबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सहकर्मीमाथि भएको कुटपीटको विरोधमा यातायात व्यवसायीहरुले आइतबारदेखि मेची राजमार्ग अनिश्चितकालीन बन्द गराएका छन् ।
मकवानपुरको नामटारमा चिउरा खाँदा १३ जना बिरामी भएका छन् ।
लिबियामा ३ दिन देखि जारी प्रदर्शनका क्रममा ८४ जनाको ज्यान गएको मानवधिकारवादी संस्था ह्युमनराईट वाचले जनाएको छ ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ६ निवासी राकेश कुमार शर्माले शनिबार वीरगंजमा ६०१ जना सभासदहरुको श्राद्ध गरेका छन ।
विश्व संगीतमा आफुलाई उच्च स्थानमा राख्न सफल गायक ब्रायण्ड एडम्सले शनिबार सांझ काठमाण्डौको दशरथरंगशाला तताएका छन् ।
चन्दा संकलनको अभियोगमा प्रहरीले शनिवार संघीय लिम्वुवान राज्य परिषदका चारजना कार्यकर्ता पक्राउ गरेको छ ।
धनकुटाको व्यापारीक केन्द्रको रुपमा रहेको धनकुटा नगरपालिका वडा नं. १ हिले बजारमा शनिवार साँझ ५.३० बजे लागेको भीषण आगलागीबाट करिव १ करोड ५० लाख बरावरको क्षति भएको छ ।
नवलपरासीमा नेपाल पत्रकार महासँघ जिल्ला शाखामा अधिवेशन आज पनि जारी ।।
राजधानीको पुरानो वानेश्वरमा रहेको न्यू ओम र्साई क्याटरिङमा काम गर्दै आएका तीन मजदुर मृत अवस्थामा भेटिएका छन् ।
आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आजभन्दा ठिक ६१ वर्षअघि २००७ साल फागुन ७ गते नेपाली जनताको आन्दोलनबाट १ सय ४ वर्षीय जहानीया राणा शासनको अन्य भई प्रजातन्त्र बहाली भएको थियो ।
बिश्ब संगीतमा आफुलाई उच्च स्थानमा राख्न सफल गायक ब्रायण्ड एडम सांगीतीक प्रस्तुतीका लागी नेपाल आउदै छन् ।
घोराहीमा सुरुभएको राप्ती पर्यटन महोत्सवमा सहभागीहून सल्यानबाट १७ जना राउटेहरु दाङ आएका छन् ।
पुर्व युवराज्ञी हिमानी शाह आज चौथो पटक दोलखा पुग्नुभएको छ । स्वास्थ्य सम्वन्धि सडक नाटक कार्यक्रम लिएर हिमानी दोलखा जानुभएको हो ।
लिबियामा भईरहेको सरकार बिरोधी प्रदर्शनमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
विश्वभरका क्रिकेट प्रेमीहरुलाई विरामी वनाउने विश्वकप क्रिकेटको औपचारिक प्रतिष्पर्धा शुनिबारदेखि सुरु हुदैछ ।
आज माघ शुक्ल पूर्णिमा अर्थात श्री स्वस्थानी ब्रतको समापन । पौष शुक्ल पूर्णिमाबाट शुरु भएको एक महिना लामो स्वस्थानी ब्रतकथा आजबाट समापन भएको छ ।
पार्टी नेताहरुबीचको तीब्र विवादका कारण एमाले स्थायी समितिको बैठकले मन्त्रालय बाँडफाँड र मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेपछि पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक आव्हान गरिएको छ ।
अरबी मुलुक बहराइनको प्रशासनले सरकार विरोधी प्रदर्शनमाथि प्रतिबन्ध लगाउंदै सेना परिचालन गरेको छ ।
आगामी ३ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको सभापतिमा जनक अर्याल विजयी हुनु भएको छ । आज बिहान सम्पन्न नवौ अधिबेशनबाट अर्याल बिजयी बन्नु भएको हो ।
चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्र जापानलाई उछिनेर अमेरिका पछिको आर्थिक शक्ति राष्ट्र बन्न सफल भएको छ ।
संविधान निर्माणका क्रममा देखिएका संवैधानिक समिति अन्तर्गतको विवादित विषयमा छलफल गर्न संवैधानिक समितिको बैठक सिंहदरबारमा बस्दै छ ।
बर्दिया राष्टिय निकुञ्जको भित्री भागमा रहेको बगौराफाँटामा गए राति निकुञ्ज शुरक्षाकर्मि र चोरी सिकारी बिच भिडन्त भएको छ ।