वैदेशिक रोजगारीका लागि भनेर नेपालबाट भारत हुंदै कतार आइपुगेका एक जना नेपाली दोहा बिमानस्थलमा अलपत्र परेका छन् ।
७ महिनाको शिशुलाई नदीकिनारमा राखेर एक युवती भेरी नदीमा हाम फालेकी छिन्। विजयश्वरी-४ नाखिराकी अन्दाजी २६ वर्षीया रुपा टमाटा बिहीबार बिहान ठूलीभेरी नदीमा हाम फालेर बेपत्ता भएकी रुकुम प्रहरीले जनाएको छ।
कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज 'एयरलाइन अफ द इयर २०११' अवार्डबाट सम्मानित भएको छ। जहाजभित्र र बाहिर यात्रुलाई उत्कृष्ट सेवा सुविधा दिएका कारण फ्रान्सको पेरिसमा आयोजित पेरिस एयर सोका अवसरमा स्काइ ट्र्याक्स संस्थाले उक्त अवार्डबाट कतारलाई सम्मानित गरेको हो।
मलेसिया सरकारले अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजना सार्वजनिक गरेको छ। मलेसियाले विदेशी कामदारको लागि 'घर फर्क वा वैध होऊ' योजना ल्याएको हो। मलेसियाका उपप्रधानमन्त्री मुहायद्दिन यासिनले बुधबार योजनाको घोषणा गरे।
गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ।
रोजगारीका नाममा दलालहरुले ठूलो सङ्ख्यामा सर्वसाधारण नेपालीलाई नक्कली कागजातको आधारमा थाइल्यान्डमा ल्याएर आफूहरु फरार हुने प्रवृति बढ्दै गएकाले दलालमार्फत वैदशिक रोजगारीमा जाने प्रलोभनमा नपर्न बैङ्ककस्थित नेपाली राजदूतावासले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रधानमन्त्री झलनाथ खनालले नयां बजेटको तयारी र सरकारी काम कारबाहीबारे विभिन्न मन्त्रालयका सचिव र महान्यायाधिवक्तासंग आज परामर्श गर्नुभएको छ ।
एकीकृत नेकपा माओबादीका एक पोलिट्व्युरो सदस्यले पार्टीभित्र उपाध्यक्ष मोहन वैद्य किरणलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल भैरहेको बताएका छन् ।
सुडान घोटालामा संलग्न भनिएका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाले म्याद तामेलीको पत्र बुझ्न अस्वीकार गर्नुभएको छ । राणाको निवासमा म्याद तामेलीका लागि जिल्ला अदालत ललितपुरबाट गएका तामेलदार उद्धव थापाको टोली राणाले पत्र बुझ्न अस्वीकार गरेपछि फर्किएको छ । राणाले कानुन व्यवसायीको सल्लाहमामात्र पत्र बुझ्ने भन्दै अस्वीकार गरेको थापाले जानकारी दिनुभएको छ ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले आगामि भदौ भित्रमा नेपाल बायू सेवा निगमकोलागी दुई वटा नयाँ विमान ल्याउने घोषणा गरेका छन् ।
व्यवस्थापिका संसद अन्तरगत राज्य व्यवस्था समितिले बैशाख २९ यता भएका सबै सरुवा र काज सरुवा तथा सरुवाका लागि भएका सहमती सात दिन भित्र रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौंको जमीन मुनी ग्यासको खानी छ भन्ने कुरा नयाँ होइन । दुई दशकभन्दा पहिले नै उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागको अध्ययनले काठमाडांैको जमिनभित्र ग्यासको व्यापक भण्डारण रहेको तथ्य देखाएको थियो ।
भोलि जुन २४बाट जुन २६ सम्म चल्ने सातौ अन्तराष्ट्रिय कोरियन खुल्ला कराँते च्याम्पियनसिप प्रतियोगिता कोरियाको दोश्रो ठूलो औधोगिक शहर बासानाको दोङने यूनिभर्सिटिमा हुँने भएको छ ।
उक्त प्रतियोगितामा भागलिन प्रशिक्षक बलराम मित्रको नेतृत्वमा ४ जना नेपाली खेलाडिहरु कोरिया आइपुगेका छन् ।
पर्वत । समयमै मनसुन सुरु भएकाले असारको पहिलो सातादेखिनै यहाँका अधिकांश भेगमा धान रोप्न सुरु गरिएको छ । सिँचाइ योग्य जमिनको कमी भएकाले कृषकहरु आकाशे पानीको भरमा धान रोप्नुपर्ने बाध्यतामा रहेकाले वर्षा सुरु भएपछि रोपाइँ सुरु गरिएको हो ।
भारतीय सुरक्षा बल (एसएसबी)ले एक नेपाली महिलालाई चरेससहित बाँके जिल्लाको नेपाल–भारत सीमा नाका जमुनहाबाट बुधबार साँझ पक्राउ गरेको छ ।
दलित जनजाति पार्टीले सभामुखको निर्देशमा आफ्ना पार्टीका केन्द्रीय अध्यक्षसहित चार सभासद्लाई निलम्बन गरिएको घटनाको विरोधमा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
ओमान नेपाली एकता समाज केन्द्रिय समिति
अन्तरगत पर्ने ओमान नेपाली एकता समाज अल-खोइयर एरिया
समितिले आफ्ना कर्मठ कार्यकर्ता लाई नव प्रगति को
सुभकामना दिदै ओमान बाट बिदा गरेको छ l
पूर्वी चितवनको चैनपुर गाउँ बिकास समिति सिमलघारीमा चार दिन अघिदेखि फैलिएको झाडापखालाका कारण ७१ जना बिरामी परेका छन् ।
विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि एमाले युथफोर्सले गरेको कुटपिटको विरोधमा गत ५ असारदेखि शुरु गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघले आज ‘पत्रकार र सञ्चारमाध्यम’ विषयमा अन्तरक्रिया गर्दैछ ।
सप्तरीको रायपुर गाविस–५ स्थित हरिरावा टोल निबासी २८ वर्षीय श्रीप्रसाद रामलाई अज्ञात समूहले अपहरण गरेको छ ।
रुकुम सदरमुकाम खलंगामा शुक्रबार बिहान एउटा बेवारिसे बम फेला परेको छ ।
वरिष्ठ संगीतकार गणेशराज श्रेष्ठको ७६ वर्षको उमेरमा गएराति निधन भएको छ ।
बुढेसकालमा बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखा पृथ्वीनारायण नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका छन् ।
सेना समायोजन विशेष समितिको बैठक बिहीबार बस्ने भएको छ । बैठकमा समायोजन गर्ने लडाकुको संख्या तथा मोडालिटीका विषयमा छलफल हुने भएको छ ।
सुडान घोटाला प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरी काठमाडौंमै रहेको थाहा भएको छ।
दुई वर्षअघि राजन समूह फुटेर बनेको जनतान्त्रिक तराई मुक्ति मोर्चा उत्कर्ष मुक्ति (राजिव झा) बुधबार मधेशी जनअधिकार फोरम गणतान्त्रिकमा समाहित भएको छ। फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्ता र तत्कालीन मोर्चा अध्यक्ष झाले चारबुँदे घोषणापत्र जारी गर्दै समाहित गरेका थिए।
शान्ति प्रक्रिया र सेना समायोजनका मुख्य काम अलपत्र अवस्थामा रहेका बेला संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी आफू भित्रकै समस्या सुल्झाउने उपायमा अल्झेको छ ।
प्रधानमन्त्री झलनाथ खनालले आफ्नो कार्यकालमा शान्ति प्रक्रियाले ठूलै फड्को मारेको दाबी गर्नु भएको छ । ११ औं राष्ट्रिय जनगणना दिवस तथा जनगणना शताब्दी स्तम्भको आज राजधानीमा अनावरण गर्दै प्रधानमन्त्री खनालले यसै वर्षभित्र शान्ति प्रक्रिया निश्कर्षमा पुग्ने वताउनुभयो ।

राजनीतिको आवरणमा गुण्डागर्दी मौलाएका कारण विश्वभर मानवअधिकारकर्मी तथा प्रेस जगत असुरक्षित बन्दै गएको निष्कर्ष जर्मनीको बोन शहरमा भएको तीन दिने बृहत अन्तर्राष्ट्रिय सम्मेलनमा निकालिएको छ ।
उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले देशको शान्ति सुरक्षाको अवस्था खस्कँदो क्रममा रहेको भन्दै त्यसमा सुधार ल्याउन उच्च मनोबलका साथ काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
जेठ १८ गते मोरङ जिल्ला अदालतमा प्रहरी नियन्त्रणमा रहेका बन्दी अभिषेक गिरीमाथि साङ्घातिक आक्रमण गर्न लगाउने योजनाकार पर्शुराम बस्नेत र उनका सहयोगीहरु विरुद्ध ज्यानमुद्दा लगाइने भएको छ
नवलपरासीमा एसएलसी परीक्षा दिएका चौथो डिभिजनअन्तर्गतका माओवादी लडाकूहरुमध्ये २७० जना यस वर्ष एसएलसी परीक्षामा उत्तीर्ण भएका छन् ।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना४ख २७९७ नंको बस अनियन्त्रित भई पूर्व–पश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिकै आज बिहान रोकिराखेको ट्रकलाई ठक्कर दिँदा उक्त बसमा रहेका १२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।
नयाँ आर्थिक बर्षको बजेटका विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रीपरिषद्को बैठक आज बस्दै छ ।
सुरक्षा रणनीतिबारे छलफल गर्न मध्यमान्चल स्तरीय भेला आजदेखि काभ्रेको धुलीखेलमा सुरु भएको छ । गृह मन्त्रालयले आयोजना गरेको भेलामा शान्ति सुरक्षाको अवस्था र आगामी रणनीतिबारे छलफल हुने छ ।
संयुक्त राष्ट्र संघको महासचिव वान कि मुन दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनु भएको छ
प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भेटवार्ता भएको छ ।
काठमाडौँको सामाखुशीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
तराई क्षेत्रमा बढ्दो बाल विवाह प्रथालाई निर्मुल गर्न यहाँस्थित एक सामाजिक संस्थाले दलित एवं गरिब समुदायका बालिकालाई आर्थिक सहयोग गरेको छ।
सरकारले २०६८ असार ८ गतेलाई राष्ट्रिय जनगणना दिवसका रुपमा मनाउन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुलुकका तीनवटै सिलिन्डर उत्पादक कम्पनीले बोटलिङ प्लान्टलाई फुटरिङ-नेकरिङ (पिँध र घाँटी) काट्न सघाएको पत्ता लागेपछि सरकारले कारोबार बन्द गर्न निर्देशन दिएको छ।
तीन वर्षमा पनि संविधानसभाबाट मुलुकलाई नयाँ संविधान दिन नसकेको भन्दै आलोचनाको तारो बनेका सभासदहरु सामाजिक जीवनका अन्य क्षेत्रमा पनि कति पछि रहेछन् भन्ने मंगलबारको एउटा घटनाबाट प्रष्ट भएको छ ।
शान्ती प्रकृया लगाएत पाँचबुँदे सहमति कार्यान्वयन नभएसम्म वजेटमा सहमति हुन नसक्ने भनि राखेको अडानबाट कांग्रेस पछाडि हटेको छ । आज अर्थन्त्री, गृहमन्त्री र अर्थसचिवसँगको छलफलमा कांग्रेसले बजेट ल्याउन सहमति जनाई अन्तिममा आफु लचिलो वनेको संकेत दिएको हो ।
सिराहाली समाज दोहा कतारले यहि आउँदो शुक्रवार २४ जुनमा गर्न गईरहेको वृहद साँस्कृतिक कार्यक्रममा नेपालबाट ७ जना कलाकारहरु आज कतार आउँदैछन् ।

Vodafone Qatar announced that the third edition of VOX, Vodafone’s Arabic and English language lifestyle magazine, is now available
पूर्वी चितवनको सौराहामा पालुवा र जङ्गली हात्तीबीच सहबास चलिरहेका बेला पुगेका एक मजदुरलाई जङ्गली हात्तीले आक्रमण गरी मारेको छ।
सर्लाहीको राजघाटमा दाजु र भाउजुको हत्या गरेपछि एक व्यक्तिले आत्महत्या गरेका छन्। आज बिहान राजघाट -१ स्थित खेतमा काम गरिरहेका ३५ वर्षीय प्रकाश माझी र उनकी पत्नी रीतादेवीलाई प्रकाशका भाइ प्रदीप माझीले बन्चरो प्रहार गरी हत्या गरेका छन्।
नेकपा एमाले भित्रको विवाद उसको विद्यार्थी संगठन अनेरास्ववियुमा पनि छताछुल्ल भएको छ । आज राजधानीको अस्कल क्याम्पसमा एमाले संस्थापन पक्ष र नेपाल ओली पक्षबीच झडप भएको छ ।
कूटनीतिक राहदानी दुरुपयोग अभियोगमा फरार चारजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

गत ७ जनवरी २०११ का दिन प्रथम भेलाबाट चन्द्र रोकाहाको नेतृत्वमा स्याङ्गजाली समाजको नामले चिनिएको यस संस्थाले विधान तयार पारेर साधारण तथा आजीवन सदस्यहरुको नामावली तयार पारी प्रथम अधिवेशन सम्पन्न गरेको हो ।