www.nepalqataronline.com Friday, 24th May 2013
 
Ads
All News

सूचना, संञ्चार तथा अझ भन्ने हो भने आइटि सेक्टरमा आएको परिवर्तानले विस्वभूमण्डली करण र विस्वव्यापिकरणका कारण आज विस्वलाइ एउटा कोठामा बसेर अबलोकन गर्न सकिन्छ ।

देशका विभिन्नस्थानमा गौहत्या भएका समाचार आइरहँदा काठमाडौंको उत्तरपूर्वी क्षेत्र दक्षिणढोकामा गाई हत्या गर्ने चार जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आज लागु पदार्थ ओसार पोसार र यातना विरुद्धको अन्तराष्ट्रिय दिवस विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइदै छ । हरेक वर्ष जुन २६ लाई यो दिवसका रुपमा मनाउने गरिन्छ ।

उपचारको लागि अमेरिका आईपुगेका कांग्रेस सभापति सुशिल कोइरालाले विवादित नेपाली जनसम्पर्क समिति अमेरिकाका कार्यकर्ताहरुलाई आपसी अडान छोडेर एक जुट भएर अघि बढ्न जोड दिएकाछन् ।

संवैधानिक कानुन व्यवसायी मन्चले बाबु वा आमामध्ये एकमात्र नेपाली भएका सन्तानलाई बंशजको आधारमा नागरिकता दिन सरकारलाई सुझाव दिएको छ । राजधानीमा अध्ययन प्रतिवेदन सार्बजनिक गर्दै मन्चले बंशज नागरिकताका लागि बाबु–आमा दुवै नेपाली हुनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै कुनै एक मात्र पनि नेपाली भए नागरिकता दिन सुझाव दिएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी-९ गर्दोखोला नजिकै आइतबार बिहान बस र ट्रक आपसमा जुध्दा ८ यात्रु घाइते भएका छन् ।

सेना समायोजनको मुद्दा छिटो टुंगोमा पु¥याउन मुख्य तीन दल सहमत भएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच आज विहान भएको छलफलमा समायोजनको विषयमा सहमतिमा पुगेर शान्तिप्रक्रियालाई छिटो टुंगोमा पु¥याउने सहमति भएको हो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिको विवाद अन्त्यको प्रयासस्वरुप आजपनि आन्तरिक परामर्शमा व्यस्त रहनु भएको छ ।

ओखलढुंगामा आज बिहान जन्ती बोकेको डुंगा दुर्घटना हुादा त्यसका सवार चारजना वेपत्ता भएका छन् ।

वनको काफल वनकै चरिलाईबोलको लोक दोहोरी गीत गाएर ह्वात्तै लोकप्रियता कमाएकि लोक गायिका सिर्जना विरही थापा एउटा जुवाघरबाट पक्राउ परेकि छन् ।

रुपन्देहीको चरंगेमा सुरक्षाकर्मी सवार जिप दुर्घना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् ।

पोखरा रंगशालामा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानलाई समयमा नै सम्पन्न गर्नका लागि यहाँका उद्योगी व्यवसायीहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली काङग्रेसले सरकारले बजेट आफुखुसी अघिसारेको आरोप लगाएको छ । आज बसेको काङग्रेस संसदीय दलको बैठकले सिद्धान्त र प्राथमिकताको आधारमा बजेटका विषयहरु नआएको निर्णय गरेको हो ।

उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको पछिल्लो पटक थपिएको तीन महिने अवधि भित्रै संविधानको एकीकृत मस्यौदा आउने विश्वास व्यक्त गर्नु भएको छ ।

पर्साको भिस्वा नाकास्थित छोटी भन्सार कार्यालयमा कर्मचारी नहुदा कृषिजन्य उत्पादनको आयात ठप्प भएको छ ।

पदमपुर ६ को लक्ष्मी प्राङ्ग्ररीक कृषक समुहमा आवद्ध २२ जना कृषकले प्राङ्गारिक बिधिबाट खेती गर्ने तथा रोग किरा लागेका जैविक बिषादीको प्रयोग गर्न थालेका हुन् ।रसायनिक मल र बिषाधिको प्रयोग गर्दा जमिनको उर्बरा शक्तिमा ह्रास आउने ,बालिनालिमा ब्यापक मात्रा रोग किरा देखिने तथा यसरी उत्पादन गरिएका खाधान्न खा“दा स्वास्थ्यमा पनि नराम्रो असर गर्ने गरेकाले कृषकहरु जैबिक खेति तथा जैबिक बिषाधी तर्फ आकर्षित भएका हुन् ।

नवलपरासीमा आफुहरु वर्षौ देखी वस्दै आएको जग्गाको लालपुर्जाको माग गर्दै शिवमन्दीर गाविस कार्यालयमाा स्थानीय वासिन्दाले गाविस कार्यलयमा रिले अन्सन जारी राखेका छन् ।

नक्कली अपहरणकारी खडा गरी आफ्नै अपहरणको हल्ला फैलाउने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। आफ्नै अपहरणको झुटो हल्ला फैलाउने सप्तरीको नकटी रायपुर-५ निवासी २८ वर्षीय श्रीप्रसाद रामलाई प्रहरीले सार्वजनिक गरेको हो।

अवरुद्ध रहेको त्रिभुवन विमानस्थलमा मध्याह्न १२ बजेबाट पूर्णरुपमा संचालमा आएको छ।

नेपाली कांग्रेसले शान्ति र प्रि-बजेटका विषयमा छलफल गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा अपराह्न २ बजे बस्ने अनौपचारिक केन्द्रीय समितिको बैठकमा आसन्न बजेट तथा शान्तिप्रक्रियाका लागि भएका प्रगतिका विषयमा छलफल गर्ने भएको हो । कांग्रेसले आगामी बजेट जनमुखी, किसानमुखी तथा पुराना केही कार्यक्रमलाई निरन्तरता दिई बजेट ल्याउनुपर्ने माग राख्दै आएको छ ।

दलित जनजाति पार्टीले शनिबार तराई बन्द गरेको छ । बन्दका कारण यस क्षेत्रका जिल्लाहरूमा आंशिक प्रभाव परेको छ ।

केन्द्रीय समितिको बैठक स्थगित गरेर एकीकृत नेकपा माओवादी पुनः गुटको राजनीतितर्फ उन्मुख भएको छ ।

यातनापीडितका लागि अन्तर्राष्ट्रिय सहयोग दिवस २०११’ शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिओआर बिग्रिएपछि शनिबार दिउँसो १ बजेसम्मका लागि उडान ठप्प हुने भएको छ ।

सरकारले देशका १२ स्थानमा ”कलेक्सन सेन्टर” स्थापना गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ७२ जिल्लाका प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने भएको छ । राजधानीनजिकका धादिङ, नुवाकोट र रसुवाबासीले भने काठमाडौंबाटै राहदानी पाउनेछन् ।

दोलखाको उत्तरी लामावगर गाविसमा तीन देखि वेपत्ता दुई जना पुरुषको अवस्था अझै अज्ञात रहेको छ । वेपत्ताका परिवारजन, स्थानियवासि र प्रहरीले लगातार दुई दिनसम्म खोजी गरेपनि दुवै जनालाई फेला पार्न नसकिएको हो ।

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । रक्सौल–काठमाडौं रुटमा ट्याङ्कर थप्ने निर्णय नेपाल आयल निगमले फिर्ता लिएपछि व्यवसायीले पनि आन्दोलन फिर्ता लिएका हुन् ।

Vodafone Qatar announced that the multimedia superphone, HTC Sensation will be launching exclusively with Vodafone next month (July).

उपप्रधान तथा गृहमन्त्री कृष्णवहादुर महराले पत्रकार खिलानाथ ढकाल आक्रमणका योजनाकार पर्शुराम वस्नेत अव धेरै दिन लुकेर बस्न नसक्ने बताउनु भएको छ ।

प्रधानमन्त्री झलनाथ खनालले विराटनगरका पत्रकार खिलानाथ ढकाल आक्रमणका मुख्य आरोपी परशुराम वस्नेतलाई जुनसुकै हालतमा पनि पक्राउ गर्ने वताउनुभएको छ ।

वैदेशिक रोजगारीका लागि भनेर नेपालबाट भारत हुंदै कतार आइपुगेका एक जना नेपाली दोहा बिमानस्थलमा अलपत्र परेका छन् ।

७ महिनाको शिशुलाई नदीकिनारमा राखेर एक युवती भेरी नदीमा हाम फालेकी छिन्। विजयश्वरी-४ नाखिराकी अन्दाजी २६ वर्षीया रुपा टमाटा बिहीबार बिहान ठूलीभेरी नदीमा हाम फालेर बेपत्ता भएकी रुकुम प्रहरीले जनाएको छ।

कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज 'एयरलाइन अफ द इयर २०११' अवार्डबाट सम्मानित भएको छ। जहाजभित्र र बाहिर यात्रुलाई उत्कृष्ट सेवा सुविधा दिएका कारण फ्रान्सको पेरिसमा आयोजित पेरिस एयर सोका अवसरमा स्काइ ट्र्याक्स संस्थाले उक्त अवार्डबाट कतारलाई सम्मानित गरेको हो।

मलेसिया सरकारले अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजना सार्वजनिक गरेको छ। मलेसियाले विदेशी कामदारको लागि 'घर फर्क वा वैध होऊ' योजना ल्याएको हो। मलेसियाका उपप्रधानमन्त्री मुहायद्दिन यासिनले बुधबार योजनाको घोषणा गरे।

गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ।

रोजगारीका नाममा दलालहरुले ठूलो सङ्ख्यामा सर्वसाधारण नेपालीलाई नक्कली कागजातको आधारमा थाइल्यान्डमा ल्याएर आफूहरु फरार हुने प्रवृति बढ्दै गएकाले दलालमार्फत वैदशिक रोजगारीमा जाने प्रलोभनमा नपर्न बैङ्ककस्थित नेपाली राजदूतावासले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री झलनाथ खनालले नयां बजेटको तयारी र सरकारी काम कारबाहीबारे विभिन्न मन्त्रालयका सचिव र महान्यायाधिवक्तासंग आज परामर्श गर्नुभएको छ ।

एकीकृत नेकपा माओबादीका एक पोलिट्व्युरो सदस्यले पार्टीभित्र उपाध्यक्ष मोहन वैद्य किरणलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल भैरहेको बताएका छन् ।

सुडान घोटालामा संलग्न भनिएका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाले म्याद तामेलीको पत्र बुझ्न अस्वीकार गर्नुभएको छ । राणाको निवासमा म्याद तामेलीका लागि जिल्ला अदालत ललितपुरबाट गएका तामेलदार उद्धव थापाको टोली राणाले पत्र बुझ्न अस्वीकार गरेपछि फर्किएको छ । राणाले कानुन व्यवसायीको सल्लाहमामात्र पत्र बुझ्ने भन्दै अस्वीकार गरेको थापाले जानकारी दिनुभएको छ ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले आगामि भदौ भित्रमा नेपाल बायू सेवा निगमकोलागी दुई वटा नयाँ विमान ल्याउने घोषणा गरेका छन् ।

व्यवस्थापिका संसद अन्तरगत राज्य व्यवस्था समितिले बैशाख २९ यता भएका सबै सरुवा र काज सरुवा तथा सरुवाका लागि भएका सहमती सात दिन भित्र रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौंको जमीन मुनी ग्यासको खानी छ भन्ने कुरा नयाँ होइन । दुई दशकभन्दा पहिले नै उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागको अध्ययनले काठमाडांैको जमिनभित्र ग्यासको व्यापक भण्डारण रहेको तथ्य देखाएको थियो ।

भोलि जुन २४बाट जुन २६ सम्म चल्ने सातौ अन्तराष्ट्रिय कोरियन खुल्ला कराँते च्याम्पियनसिप प्रतियोगिता कोरियाको दोश्रो ठूलो औधोगिक शहर बासानाको दोङने यूनिभर्सिटिमा हुँने भएको छ । उक्त प्रतियोगितामा भागलिन प्रशिक्षक बलराम मित्रको नेतृत्वमा ४ जना नेपाली खेलाडिहरु कोरिया आइपुगेका छन् ।

पर्वत । समयमै मनसुन सुरु भएकाले असारको पहिलो सातादेखिनै यहाँका अधिकांश भेगमा धान रोप्न सुरु गरिएको छ । सिँचाइ योग्य जमिनको कमी भएकाले कृषकहरु आकाशे पानीको भरमा धान रोप्नुपर्ने बाध्यतामा रहेकाले वर्षा सुरु भएपछि रोपाइँ सुरु गरिएको हो ।

भारतीय सुरक्षा बल (एसएसबी)ले एक नेपाली महिलालाई चरेससहित बाँके जिल्लाको नेपाल–भारत सीमा नाका जमुनहाबाट बुधबार साँझ पक्राउ गरेको छ ।

दलित जनजाति पार्टीले सभामुखको निर्देशमा आफ्ना पार्टीका केन्द्रीय अध्यक्षसहित चार सभासद्लाई निलम्बन गरिएको घटनाको विरोधमा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्तरगत पर्ने ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिले आफ्ना कर्मठ कार्यकर्ता लाई नव प्रगति को सुभकामना दिदै ओमान बाट बिदा गरेको छ l

पूर्वी चितवनको चैनपुर गाउँ बिकास समिति सिमलघारीमा चार दिन अघिदेखि फैलिएको झाडापखालाका कारण ७१ जना बिरामी परेका छन् ।

विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि एमाले युथफोर्सले गरेको कुटपिटको विरोधमा गत ५ असारदेखि शुरु गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघले आज ‘पत्रकार र सञ्चारमाध्यम’ विषयमा अन्तरक्रिया गर्दैछ ।

सप्तरीको रायपुर गाविस–५ स्थित हरिरावा टोल निबासी २८ वर्षीय श्रीप्रसाद रामलाई अज्ञात समूहले अपहरण गरेको छ ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate