www.nepalqataronline.com Monday, 20th May 2013
 
Ads
All News

जिल्ला न्यायाधिस सालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ बर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।

युएईको सारजाह ईन्डस्ट्रियल ३ खान साब बिल्डिङ नजिकै रहेको स्पिट क्लिनिङ कम्पनिमा कार्यरत पाँचथरका खेमराज न्यौपानेको हर्टएटेक भई मृत्यु भएको छ ।

मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ हुने भएको छ । हाल सातामा ४२ घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि ६९ घण्टा हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को तजबिजी निर्णयबाट पूर्वप्रधानमन्त्रीसहित विभिन्न पदाधिकारीलाई दिइएको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न सरकारलाई ताकेता गरेको छ ।

पोखरा १३ चिसापानीकी २२ वर्षीय स्मृति गुरुङले दुलाहाको घरको धुरी (छाना)लाई बेहुला मानेर विवाह गरिन् ।

मलेसिया सरकारले आह्वान गरेअनुसार आममाफीको कार्यक्रममा सहभागी भई नेपालीहरु बिना जरिवाना घर फर्किएका हुन् ।

प्रतिष्ठानले हरेक वर्ष दुइवटा पुरस्कारमा विशिष्ट नारी सम्मान एकजनालाई र प्रतिभा पुरस्कार एकजनालाई दिने घोषणा पनि गरेको छ ।

एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्लेले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका लाखौ लाख नेपालीहरुको श्रमको सम्मानको लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ । विज्ञप्तिको पूर्णपाठः

राज्यको प्रशासनले जिम्मामा लिएको एउटा नागरिकमाथि भएको उक्त घटना सुनियोजितरुपमा प्रशासनको मिलेमतोमा भएको हो भन्ने कुरामा दुइमत छैन तसर्थ घटनामा सम्लग्न जोसुकैलाइ कडा भन्दा कडा कारवाहीको माग गर्दछौ ।

आगामी नव बर्ष २०१२ को शुभकामना कार्यक्रम गर्ने र ओमानका नेपालीहरुलाई ओमानमा नेपाली निकाएको ऊपस्थिती गराऊन ओमानका नेपालीहरुका समसस्या नेपाल सरकारको कार्य नितीमा पुगोस तथा ६० हजार नेपालीहरुको अभीभावक नेपाली दुतावासको स्थापनाको लागी चौर्तफी दवावदीन ऊनैका अगाडी पिडीत नेपालीहरु को ब्यथा राख्नको जमर्को गर्दै गैर आवासीय नेपाली संघ ओमान भब्य कार्यक्रम आयोजना गर्ने भएको छ ।

दुबईको जेवेलअलिस्थित एउटा कम्पनीमा कार्यरत बस्नेतको दुईवटै किडनी फेल भई जिन्दगीको निराशाजनक स्थितिमा पुगेको छ ।

पौडेल लगायतका अन्य ४ जनालाई लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, उपचारको क्रममा हिजो मृत्यु भएका तरुण दल चितवन अध्यक्ष पौडेललाई सहिद घोषणा गर्नुपर्ने माग पूरा नहुँदासम्म शव नबुझ्ने विघटित तरुण दल अध्यक्ष महेन्द्र यादवले जानकारी दिनुभयो ।

दरबार हत्याकाण्डका बेला १० वर्षअघि गोली लागेर श्रवणशक्ति गुमाएकी उनी कानको शल्यक्रियाका लागि सिंगापुर जाने लागेकी हुन् ।

उद्धारमा प्रहरी, स्थानीय र रेडक्रसकर्मीको टोली खटिएको स्थानीय हेमराज भट्टले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

कर्णाली विकास बैंकको बा९च ९०१ नम्बरको गाडीले किच्दा नेपालगञ्जमा गएराति एकजनाको मृत्यु भएको छ ।

२८४८ औँ डुक ल्होछारको अवसरमा तामाङ संस्कृति झल्कने विभिन्न किसिमका झाँकी सहित विविध मनोरञ्जनको कार्यक्रम पनि समावेश गरिने कुरा कार्यक्रम संयोजक रोशन तामाङले बताए ।

आफ्ना निवर्तमान अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा काँग्रेसनिकट नेपाल तरुण दलले चितवन जिल्ला बन्दको आहृवान गरेको छ ।

बौद्ध धर्मालम्बी सिनावात्राले बिहान नौ बजे मायादेवी मन्दिरमा पूजाआराधना गर्नुभएको थियो ।

भोटेकोशीमा बिजुली निकाल्न मिल्ने र ¥याफ्टिड पनी हुने भन्दै र्‍याफ्टिङ विज्ञहरुले ‘भोटेकोशी बचाउ अभियान’ सञ्चालन गर्दै आएका छन् ।

सन्ध्या ग्रप अलखोरले एक कार्यक्रमका विच संस्थाका संस्थापक सदस्य तथा भूपू अध्यक्ष धनेश्वर जिसी‘भेलभाई’ को सम्मानसंगै विदाई गरेको छ ।

बैदेशिक रोजगारीको लागि आएका नेपालीहरु ठगिने र अलपत्र पर्ने क्रमको बृद्धि युएईको सिस्टम इन्जिनियरिङ एलएलसी, इमिरेट्स इस्पेसर इरेक्टर एलएलसी र सिस्टम इन्जिनियरिङ एफजेडसीमा कार्यरत ८० जना भन्दा बढी नेपालीहरु लगायत ३६० जना कामदारहरु कम्पनीको मालिक डिसेम्बर ५ देखि भागेपछि कम्पनी बन्द भई बिचल्लीमा परेका छन् ।

जनताको आय आर्जनका लागि सरकारी स्तरबाट प्रभावकारी कार्यक्रम लागु हुन नसकिरहेको परिवेशमा गरिब जनताको आर्थिक अवस्था उत्थानका लागि नीजि तथा समूहगत प्रयासले आशा जगाएको छ ।

माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले बाबुराम भट्टराईको विकल्पमा महासचिव थापाको नाम अघि सारेको चर्चा चलिरेहका बेला सभापति कोइरालाको यस्तो भनाइ बाहिर आएको हो ।

चिनियाँ राजदूत याङ हाउलानसँगको भेटपछि विहान आफ्नै निवास महाराजगन्जमा पत्रकारसँग काङ्ग्रेस सभापति कोइरालाले दलहरुबीच भएको ७ बुँदे सहमति अनुसार शान्ति प्रक्रियाको काम हुन नसक्नुमा माओवादी दोषी रहेको बताउनु भएको हो ।

अधिकारीले आफैंले बोकेको पोस्तोलबाट कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि चिनिया राजदूत योङ होउलानबीच आज बिहान भेटवार्ता भएको छ ।

विद्युत प्राधिकरणको बा १ झ ७७२१ नम्वरको गाडी कपालीले कब्जा गरेकी हुन् ।

उनले आगामी सहमतिको सरकारको नेतृत्व महासचिव रामबहादुर थापा मगरले गर्ने दाबी गर्दै यो विषयमा अध्यक्ष प्रचण्डसँग सहमति भइसकेको र आगामी पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताए ।

तराईका जिल्लामा पछिल्लो एक हप्तादेखि जारी शीतलहरले अत्यधिक चिसो बढेको छ ।

उनले जहाज खरिदका लागि आफूले राजनीतिक सहमति गरेर बाटो खोल्ने हिसावमा सैद्धान्तिक सहमति दिएको बताए ।

बिभिन्न चुनौति सँग सामना गर्दै विगत ४ वर्ष देखि निरन्तर रुपमा सक्रिय रहदै छहरिएर रहेको साहित्य एवम् साहित्यकारहरुको क्षमतालाई प्रस्फुटन गर्ने अवसर मिलाउदै आइरहेको र अगामी दिनमा समेत साहित्यकारहरु साहित्य उन्नति र हितको लागी एकजुट भएर लाग्नु पर्नेमा जोड दिदै संस्थाका अध्यक्ष महेन्द्रूवियोगी गुरुङ्ले सम्पूर्ण उपस्थित स्रष्टा लाई धन्यबाद सहित दिदै

कतारको राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय दिवस आयोजक समिती तथा कतारको आन्तरिक मामिला मन्त्रालयको संयुक्त तत्वाधानमा साँस्कृतिक कार्यक्रमको साथै प्रवासी समुदायको लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पेप्सीकोलाको मुख्य प्रायोजन रहने महोत्सवका लागि क्षेत्रीय होटल संघ सौराहाले संघका उपाध्यक्ष नारायण भट्टराईको संयोजकत्वमा मूलसमिति तथा अन्य ३० वटा उपसमिति समेत गठन गरेको छ ।

माओवादी कञ्चनपुरद्वारा बुधबार बेलौरीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा नेता चन्दले द्वन्द्वका समयमा पार्टीको निर्णयानुसार कब्जा भएका सम्पत्ति फिर्ता नहुने स्पष्ट पारे ।

बगरछाप गाविसको वडा नं. ५ स्थित क्युयार जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगोलागी बुधबार रातिसम्म पनि निभाउन नसकिएको जिल्ला प्ररही कार्यालय मनाङले जानकारी दिएको छ ।

दलहरुबीच जग्गामा भने हदबन्दी लगाउने सहमति भएको छ ।

अध्यक्ष राईलाई सियोल स्थित उहाँ कार्यरत स्थानबाटै मंगलबार १ बजे कोरियाली अध्यगमन विभागले पक्राउ गरेको बुझिएको छ ।

बैठकमा व्यक्तिगत सम्पत्तिमा हदबन्दी नलगाउन दलहरुबीच सहमति भएको छ ।

दाङको तुलसीपुरवाट सल्यानतर्फ जादै गरेको ना २ ख ४९५५ नम्वरको यात्रुवहाक बसले ठक्कर दिदा तुलसीपुर ९ बेलुवाका ५८ वषिर्य भुपवहादुर खड्काको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएका ती युवकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डबाट १० मिनेटको दूरीमा रहेको मनमोहक ‘लामो झरना’को प्रचारप्रसारका लागि स्थानीय बासिन्दासँग हातेमालो गर्दै जिल्ला विकास समितिले सक्रियता बढाएको छ ।

चितवन कम्युनिकेशन व्यवसायी संघले आफ्ना सदस्यहरुमार्फत सो बिक्री वितरण बन्द गराएको हो ।

मन्त्री पहाडीले शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान निकाल्न सकिने भन्दै वार्ताका लागि मन्त्रालय तयार रहेको विज्ञप्तीमा बताउनुभएको छ ।

मंसिर २३ गते मध्याहृन झाडापखालाको औषधि किन्न भनी निस्केका विक हालसम्म नफर्किएको बताइएको छ ।

परिषद्ले सरकारले राज्य पुनःस्र्थापना आयोगमा आˆनो प्रतिनिधित्व नगराएको भन्दै अनिश्चितकालीन बन्द आहृवान गरेको थियो ।

छलफलपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष मोहन वैद्यले गजुरेलको अभिब्यक्ति सही नभएको बताए ।

संविधान सभाको निर्वाचनमा गोरखावाट विजयी भएपछि प्रत्येक महिना गोरखा आउनु वाचा गर्नु भएका प्रधानमन्त्री डा वावुराम भट्टराई आज अपरान्ह ४७ औ पटक गृह जिल्ला गोरखा जान लाग्नु भएको हो ।

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी फुटको घोषणा मात्र हुन बाँकी रहेको बताउनु भएको छ ।

सोमबार बेलुकीसम्म भ्रमणकै तयारीमा ब्यस्त रहेका नेपालका लागि चिनियाँ राजदूत योङ होउलानले मंगलबार बिहान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरि तत्कालका लागि भ्रमण स्थगित भएको जानकारी दिएका थिए ।

विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यालय हुँदै विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगर लगिनु पर्ने उत्तर पुस्तिका गौलशास्थित होटल भिजनमा भेटिएपछि अखिल क्रान्तिकारीले मंगलबार होटलको उक्त कोठामा शिलबन्दी गरेको छ ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate