जातीय हिंसाको चपेटामा परेका दक्षिणी सुडानका करिब ५० हजार नागरिकको उद्धारका
लागि संयुक्त राष्ट्र संघले वृहत सहयोग अभियान सञ्चालन गरेको छ ।
अमेरिकामा बढिरहेको बेरोजगारी दरमा पछिल्लो समयमा कमी आएको छ ।
उत्तरी नाइजीरियाका केही सहरमा भएको गोलावारीमा कम्तीमा २० जनाको मृत्यु भएको
छ ।
बाँकेको नेपालगञ्जमा जारी फोटो प्रर्दशनी आज सकिदै छ ।
विद्यालयमा कक्षा कोठा र बस्ने बेञ्च नहुँदा भगवती प्रावि रुडी बाजुराका विद्यार्थीहरु
भुईमा बसेर अध्ययन गर्न बाध्य भएका छन् ।
महोत्तरीको प्रमुुख व्यपारी केन्द्र गौशाला बजारलाई नगरपालिका बनाईनु पर्ने माग
गर्दै आज पनि गौशाला बजार बन्द गरिएको छ ।
झापाको सतासीधामस्थित जनताको तटबन्ध कार्यालयमा तीन महिनादेखि कार्यालय प्रमुख
नहुँदा कार्यालयका कामकाज प्रभावित भएको छ ।
सिन्डिकेटका कारण जाजरकोटदेखि नेपागन्ज, सुर्खेत र काठमाण्डौं जाने यात्रुहरुले
बिभिन्न स्थानमा गाडी परिवर्तन गरेर जानु पर्ने बाध्यता रहेको छ ।
सुनसरीको दुहबीस्थित धनलक्ष्मी सेन्थेटिक उद्योगमा भएको आगलागीबाट १५करोड रुपैया
बराबरको क्षती भएको छ
शुक्रवार पपुलर हार्डवयर र माछापुच्छे बैंक अगाडि राखेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गैरआवासीय नेपाली संघ( एनआरएन )ले आयोजना गरेको कार्यक्रममा भाग लिन अध्यक्ष जीवा लामिछाने वेल्जियम आएका छन् ।
बेल्जियमको वेस्ट भ्लान्दरण क्षेत्र ब्रुजमा भव्य रुपमा गैर आवसिय नेपाली संघ बेल्जियमको क्षेत्रिय भेला सम्पन्न
यस महान कार्यको नेतृत्व बेलायत स्थित श्री राजन कुमार क्षेत्री ज्युले गर्नु भएको थियो भने सहयोगी अफगानिस्तानमा हुनु भएको श्री दिनेश कर्माचार्य साउदी अरबमा हुनु भएको श्री राजु शैएदको संयोजकत्वमा सबै गाविसका दाजुभाइ तथा दिदीबहिनीहरुको माझमा यो प्रस्ताव पुर्याई सबैको मन जितेर यस महान कार्यमा हाते मालो गरी अघी बढ्ने निधो भएको हो ।
मूल भन्सार कार्यालय जनकपुरसहित जटही(लग्मा), महिनाथपुर, खजुरी, दुनर्वा, दुहबी र मौवाहा भन्सार सञ्चालनमा छन् भने कठाल र वैदेही छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द छन् ।
संरक्षणको अभावमा इलामका ताल तलैया पुरिने अवस्थामा छन् । वर्षात्को समयमा आएको भेललाई तालतलैयामा पस्न नदिन भल काट्ने काम नगरेका कारण अधिकाँश पोखरीमा माटो पस्ने गरेका कारण तालतलैया पुरिने अवस्थामा पुगेका हुन् ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार सत्तामा टिकिरहन मधेसका मुद्धा सम्बोधन नहुँदासमेत मौन रहेको भन्दै मोर्चाभित्रेबाट उनको आलोचना हुन थालेको छ ।
मृतकमध्ये अघिकांश जिपमा सवार रहेका थिए ।
७ जनवरी २०१२ को दिन नर्दन क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदायका लागि विशेष दिन हुने भएको छ । उक्त दिन नर्दन क्यालिर्फोनियाको सेन्ट मेरिज क्याथेड्रामा विशेष कार्यक्रम हुने भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदी अरबका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेय समक्ष घरेलु महिला कामदार र भगौडा कामदारहरूका समस्या न्यूनिकरण गर्नका लागि ७-७ बुंदे सुझावपत्र पेश गरेको छ ।
नया वर्षको अवसरमा जापानबासी नेपालीहरुलाई सांगीतिक ताप दिन जापान आइपुगेका बहु चर्चित गायक हेमन्त शर्मा र गायिका मल्लिका कार्कीले गत बुधबार नागोया शहरमा बेजोडको प्रस्तुति दिएका छन् |
तुलधरलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो नक्सालले बिहिबार नयाँ बजारबाट पक्राउ गरेको हो ।
स्वास्थ्य मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि आजदेखि खुवाउन सुरु गर्ने भएको छ । औषधी वितरणको पहिलो चरणमा उपत्यकासहित विभिन्न ३२ जिल्लामा औषधि वितरण मन्त्रालयले जनाएको छ ।
भूमिगत रुपमा राजनीतिकको नाममा अपराधिक गतिविधि गर्दै आएको मंगोल नेशनल अर्गनाईजेशन पार्टीका रुकुम जिल्ला अध्यक्ष विनोद पुन सहित १७ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
संविधानसभा निर्वाचनपछि महिनाको एकपटक गृह जिल्ला जाने बाचाअनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बिहानै गोरखा पुग्नुभएको छ ।
नयाँ संविधान लेखनमा देखीएका विवादहरुमा राजनितीक दलहरु विच सहमति हुन नसके पछी संविधान लेखन कार्यतालिका फेरी परीवर्तन गर्न लागिएको छ ।
प्रहरीले विहीवर राती जिल्ला सदरमुकाम लिवाङको एक होटलबाट प्रहरीले मंगोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकताहरुलाई गिरफ्तार गरेको हो ।

सो महोत्सवमा केराको विभिन्न परिकारहरु बाट तयार गरिएका खाद्य तथा पेय उपभोग्य बस्तुहरु बिक्रीको लागि राखिने भएको छ ।
बुधबार भएको नेपाली कथा, उपन्यास र जनस्वास्थ्य विषयहरूमा परीक्षार्थीहरूले उत्तर पुस्तिकाको अगाडि किताब राखेर लेखेको पाइएपछि निज ४० जना परीक्षार्थीलाई परीक्षा हलबाट निष्कासन गरिएको थियो ।
पोखरा–बागलुङ राजमार्गमा यातायात सुचारु भएपछि यात्रुको अभावमा बन्द अवस्थामा रहेको बलेवा विमानस्थल सञ्चालनका लागि पटक–पटक बागलुङवासीले आग्रह गर्दै आएका थिए ।
होमस्टे संचालनका लागि गाउंका २२ घर परिवारलाई सो सम्बन्धी तालिम दिईएको छ ।
अयोग्यताको बिल्ला फिर्ता र सम्मानजनक पुनस्र्थापनालगायतका माग राखेर उनीहरुले आज एक दिन नेपाल बन्द आहृवान गरेका हुन् ।
अध्यक्ष झलनाथ खनाल पक्ष, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओली पक्षका भनेर चिनिने नेता र सभासदबीच यस विषयलाई लिएर अलग समीकरण देखिएको छ ।
यूएईमा कार्यरत मध्ये ३० जना नेपाली ईन्जिनियर्सहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुधिर सिंहले गर्नुभएको थियो ।
अध्यक्षमा वर्तमान कार्यसमितीका प्रथम उपाध्यक्ष भगवत बावु जोशी र सदस्य प्रदिन बावु श्रेष्ठले मनोनयन दर्ता

आज भन्दा झण्डै ४ बर्ष अघि नेपालबाट १७ जना नेपालीहरु सो कम्पनीमा कामदारको रुपमा आएका थिए ।

ओमानमा घरेलु कामदारको रुपमा गएकी दाङ लालमतिया ४ की २६ बर्षीया रुपा चौधरी बिचल्लीमा परेकी छिन् ।

दुताबास स्थापनाको अभियानमा ऐक्यबद्धता जनाउन आइपुगेका माओवादीका युवा नेता चन्द्रबहादुर थापाले ओमनमा दुताबासको निकै जरुरी रहेको बताए ।
पोल्ट्री ब्यवसायलाई बिशेष प्राथमिकतामा राखिएको महोत्सबमा स्टल र प्रतियोगिताका कारण पनि कृषिमय हुने देखिएको छ ।
हिजोको वार्तामा सरकारले सहुलियत दिने प्रतिवद्धता जनाएपछि अखिल क्रान्तिकारीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो ।
महोत्सवको संस्कृति मन्त्री गोपाल किराँतीले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक मूल समितिका अध्यक्ष मझिलाल थारुले बताउनुभयो ।
सुन्तलाको पकेट क्षेत्र मानिने दारेचोकको तामिनमा अहिले सुन्तलासँगै कागती, जुनार, ज्यामिर, मौसम र पाकिस्तानी सुन्तला भनेर चिनिने किनुको व्यावसायिक उत्पादन हुँदैछ ।
साथै उक्त प्रत्क्षय भिडियो विश्वभरबाट दशौ हजारले हेर्ने अपेक्षा लिएको सो संचारसस्थाले जनाएको छ।
कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा फरार रहेका सभासद नारदमुनी रानाले तलब भत्ताको माग गर्दै संसद सचिबालयमा मञ्जुनामा सहित अर्को ब्यक्तिलाई पठाएका छन् ।
माइती नेपाल शाखा कार्यालय, वीरगन्जले सन् २०११ मा जोखिमपूर्ण यात्रामा रहेका १७४ महिला तथा बालबालिकालाई उद्धार गरिएको छ ।
बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बोलाइएको छ
विद्यार्थीलाई ग्याँस, मट्टतिेल, र खाद्यान्नमा ५० प्रतिशत सहुलियतको माग राखेर आन्दोलनरत माओवादीनिकट अखिल क्रान्तिकारी र सरकारबीच आज पनि वार्ता भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सातौं पुर्ण बैठक परिषदका अध्यक्ष धरम के.सी.को अध्यक्षतामा गतः ३० डिसेम्बर २०११ मा नेपाली राजदूतावास रियादको परिसरमा सम्पन्न भयो ।

कास्की आदर्श सेवा समाज दोहा कतारले नेपालबाट आएका कलाकारहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गरी प्रशंशापत्र प्रदान गरी बिदाई गरेको छ ।
दक्षिण अफ्रिका र श्रीलंकाबीचको तेश्रो तथा अन्तिम टेष्ट म्याच आजदेखि सुरु हुदैछ ।