इस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना “रोजा” अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ ।
दश वर्षभन्दा बढी अवधी कतारमा विताई सकेका मध्येका नेपाली समुदायले दुईजना पूर्व राजदुतहरुको कार्यकालको इतिहास र समयलाई विर्सिहालेका छैनन् अझैपनि स्मरणमा ताजै राखेकाछन् । पूर्व राजदुतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले स्मरण र इतिहास छोडेर गएका छन् ।
उनले कुनै देशद्रोह गरेका थिएनन् । आतंकवादीहरु संग मिलेर राष्ट्रियता माथी धावा पनि बोलेका थिएनन् । न त नेपालको सास्कृतिक र सामाजिक सद्भाबमा खलबलाउने काम नै गरेका थिए पौडेलले ? अनि प्रश्न उठ्न सक्छ के समचार लेखेकै भरमा कुनै पत्रकारले ज्यान गुमाउनु पर्ने हो त ? त्यसो हो भने आजै देखि सबैले पत्रकारिता छोड्ने छन् ।
लोकतन्त्रका चर्का चर्का कुरा गर्ने तर पत्रकारका लेख्ने कलम भाचिने अनि बोल्ने जिव्रो थुतिदिने प्रवृती कायम रहुञ्जेल सम्म कसरी लोकथतन्त्रको सस्थागत विकास हुन सक्छ ? राज्य यसमा कुरामा अब गम्भिर बन्ने की नबन्ने ??