
नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्या्उन सफल उहाँको आफनो पहिलो कृति दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) २०३४, भोलि बास्ने विवाह (कविता संग्रह) २०४१ प्रथम संस्करण र भोलि बास्ने विहान (कविता संग्रह) २०४९ दोस्रो संस्करण प्रकाशित रहेका छन् । त्यसैगरि पर्खनु पर्छ, चैतको हावा, काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्दैन, कविताहरु क्रमशः त्रिभुवन विश्वविद्यालय, पूर्वाअञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अर्न्तगत पाठ्यपुस्तकमा समावेश गरिएका छन् ।...